Loading... आजः शनिबार , श्रावण १२, २०८१

कोरोनाका कारण नेपाल भ्रमण वर्षका कार्यक्रमहरु प्रभावित नहुने


नेपाल भ्रमण वर्ष २०२० सचिवालयका संयोजक सुरज वैद्यले नोवल कोरोना भाइरसका कारण पर्यटन वर्षका कुनैपनि कार्यक्रमहरु प्रभावित नभएको बताउनु भएको छ। शुक्रबार ‘नेपालको ट्राभल उद्योगमा कोरोना भाइरसको प्रभाव’ विषयमा काठमाडौंमा आयोजित कार्यक्रममा पत्रकारहरुसँग कुरा गर्दै संयोजक वैद्यले पर्यटन वर्षका कुनैपनि कार्यक्रमहरु कोरोना भाइरसका कारण प्रभावित नहुने बताउनु भएको अनलाइन खबरले लेखेको छ।

उहाँले भ्रमण वर्षको लक्ष्य २० लाख पर्यटन नेपाल भित्र्याउने मात्र नभई नयाँ पर्यटकीय गन्तव्यहरुको पहिचान गर्ने र लगानी गर्ने पनि भएकाले कोरोना भाइरसको प्रभाव नपर्ने दावी गर्नुभयो।

उहाँले भ्रमण वर्षमा पर्यटकीय गन्तव्यहरुको विकास गर्ने र अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्ने काम भइरहेको बताउनुभयो। भ्रमण वर्षको उद्देश्य पर्यटनको गन्तव्यहरु विकास गरी नयाँ रोजगारी सिर्जना गर्ने पनि भएकाले ती कामहरु भइरहेको उहाँले बताउनुभयो।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!