Loading... आजः शनिबार , श्रावण १२, २०८१

कोरोनाका कारण प्रभावित पर्यटन क्षेत्र पहिलाकै अवस्थामा फर्कन ५ वर्ष लाग्ने


कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा प्रभावित पर्यटन क्षेत्र पहिलाकै जस्तै अवस्थामा फर्कन कम्तिमा ५ वर्ष समय लाग्ने विज्ञहरुले बताएका छन् । कोरोना भाइरसको संक्रमण अझै कति समय लाग्छ भन्ने निश्चित नभएका कारण यसको प्रभाव समेत लामो समय जाने उनीहरुको भनाइ छ। पर्यटक आउने वतावरण नबनेसम्म पर्यटन क्षेत्रमा सुधार नहुने विज्ञहरुको भनाइ छ । नेपाल आर्थिक पत्रकार समाज(सेजन) ले आयोजना गरेको सेजन अर्थ नीति बहस अन्र्तगत पर्यटनको संभावनाबारे सोमबार भएको छलफलमा सरोकारवालाले पर्यटन अझै पनि पर्ख र हेरकै अवस्थामा रहेको बताएका हुन्।

नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत प्रचण्डमान श्रेष्ठले कोरोनाका कारण पर्यटक भित्र्याउन सहज नभएकाले सरकार, निजी क्षेत्रलगायत निकायले गरेका कामलाई उद्गम बजारसम्म जानकारी गराउनुपर्ने बताउनुभयो। कोरोनाका कारण अब पर्यटन क्षेत्रको प्रविृत्ति परिवर्तन हुने भन्दै अब ठुलो संख्यामा पर्यटक आउने अवस्था नरहेको उल्लेख गर्नुभयो।

होटेल व्यवसायी तथा पर्यटन वर्ष २०११ का संयोजक योगेन्द्र शाक्यले कोरोनाका कारण पर्यटन क्षेत्रमा अहिलेसम्मकै ठुलो समस्या परेको जानकारी दिनुभयो। विज्ञ र व्यवसायीले संकटका बीचमा पनि अब गतिविधिलाई अगाडि बढाउनुको विकल्प नभएको भन्दै नेपाल पनि त्यसका लागि तयार भने रहनुपर्ने सुझाव दिएका छन्। संसारका धेरैजसो मुलुकले क्रमशः बोर्डर खुला गर्न थालिसकेका छन्। यस्तो स्थितिमा स्वास्थ्य सुरक्षाको पालना गर्दै गतिविधिहरु संचालनमा जानुपर्ने धारणा विज्ञहरुको छ, अनलाइनखबरले लेखेको छ।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!