Loading... आजः सोमबार , असार ३२, २०८१

कोरोनाका कारण बन्द लामो दुरी तथा अन्तरजिल्ला सार्वजनिक सवारी साधन पुनः निरन्तर


कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले ६ महिनादेखि गरेको लकडाउनसँगै बन्द भएका लामो दुरी तथा अन्तरजिल्ला सञ्चालन हुने सार्वजनिक सवारी साधन बिहीबारदेखि सञ्चालनमा आएका छन्। मन्त्रिपरिषद्ले १ असोजदेखि लामो दुरीका सवारी साधन सञ्चालन गर्न अनुमति दिएसँगै बिहीबारबाट सार्वजनिक सवारी साधन सञ्चालनमा आएका हुन्।

नेपालसमाज डटकमका अनुसार आन्तरिकतर्फको नियमित व्यावसायिक उडान असोज ५ गतेबाट मात्रै सुरु हुने भएको छ। अहिले चार्टड उडानमात्र भइरहेको बिमानस्थलले जनाएको छ। मन्त्रिपरिषद्को सोमबारको बैठकले असोज १ गतेबाट नै आन्तरिक उडान खोल्ने निर्णय गरेको भएपनि आवश्यक तयारी नपुग्ने भन्दै असोज ५ बाट मात्रै उडान अनुमति दिइने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। एयरलाइन्स कम्पनीले पनि ५ गतेबाट उडान गर्नेगरि बुकिङ खुलाएको जनाएका छन्। कोरोनाका कारण बन्द भएको करिब ६ महिना पछि सुरु हुन लागेको नियमित उडानमा विमानहरूले क्षमताको आधा मात्र यात्रु उडान पाउने भएका छन्। कोरोनाका कारण बन्द भएको करिब ६ महिनापछि सुरु हुन लागेको नियमित उडानमा विमानले क्षमताको आधा मात्र यात्रु राख्न पाउने सरकारले निर्देशन दिएको छ।अन्तराष्ट्रिय उडान भने नियमित सञ्चालन भइरहेको छ ।

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!