Loading... आजः मंगलबार , जेठ १५, २०८१

कोरोनाका कारण बेलायतमा हालसम्म १८ नेपालीको मृत्यु


बेलायतमा कोरोनाका कारण थप एक जना नेपालीको मृत्यु भएको छ। पोखरा याङ्जाकोट स्थायी घर भइ हाल बेलायतको रेडिङमा बस्दै आउनुभएका ४९ वर्षीय विजय गुरुङको उपचारका क्रममा रोयल बर्कशायर अस्पतालमा निधन भएको रेडिङ तमु समाजका अध्यक्ष नन्द गुरुङले बताउनुभएको राष्ट्रिय समाचार समितिले लेखेको छ। आइतबार मृत्यु भएका विजयबारे अस्पतालले दुई दिनपछि मात्रै परिवारलाई जानकारी दिएको थियो।

स्वासप्रश्वासमा समस्या देखिएपछि विजयलाई गत साता अस्पताल भर्ना गरिएको थियो। अस्पतालले परिवारलाई जानकारी गराएको थियो। बेलायतमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ।

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!