Loading... आजः शनिबार , श्रावण १२, २०८१

कोरोनाका कारण मानसरोवर कैलाशका लागि हिल्साका होटेल व्यवसायी चिन्तित


मानसरोवर कैलाशका लागि पर्यटकीय रुटका रुपमा पहिचान बनाएको हिल्साका होटेल व्यवसायी चीनमा फैलिएको नोबेल कोरोना भाईरसको कारण आगामी पर्यटकीय सिजन कस्तो हुने हो भन्दै चिन्तित भएका छन्। हिउँदे समय हिल्सा बजार हेरालुको भरमा रहँदै आएको भए पनि आगामी वैशाख महिनाबाट सिजन शुरु हुने भएपछि होटेल व्यवसायी चिन्तित हुन थालेका हुन्। हिल्साका होटेल व्यवसायी कर्मा लामाका अनुसार आधा दर्जन पर्यटकीय होटेलसहित असी घरधुरी रहेको हिल्सा बजार पाँचजना हेरालुको भरमा रहँदै आएको र हिल्सामा आगामी वैशाखबाट सिजन हुने भए पनि अब के हुन्छ भन्ने चिन्ताले पिरोल्न थालेको बताउनुभयो।

हिउँदे सिजनमा जहिले पनि हेरालुकै भरमा हिल्सामा रहेका होटेलहरु राख्नुपर्ने भए पनि यसपाली चीनमा फैलिएको नोबेल कोरोना भाईरसको कारण अब कसरी हेरालुलाई राख्ने भन्ने चिन्ता थपिएको छ । हिउँदे समयमा व्यापार व्यवसाय नहुने भएपछि होटेल कुर्नको लागि हेरालु राख्ने गरिन्छ। हिल्साका होटेलहरुमा वैशाख तेस्रो सातापछि मानसरोवर कैलाशको सिजन शुरु हुने भएपछि भ्याई नभ्याई हुने गरेको थियो। हिल्सा हुँदै मानसरोवर कैलाशको यात्रा गर्ने पक्का भएको भए पनि भाईरसकै कारण अब के हुन्छ ? केही भन्न सकिने अवस्था नभएको पर्यटन व्यवसायी रिन्जिन लामाले बताउनुभयो ।गत तीन वर्षदेखि हिल्सा नाका हुँदै मानसरोवर कैलाशको यात्रा गर्ने भारतीय धार्मिक पर्यटकको संख्या तीस हजार भन्दा बढी रहेको थियो। मानसरोवर कैलाशको सिजनमा हुम्लामा मात्र १५ करोड रुपियाँ भन्दा बढी कमाई हुने गरेको गोरखापत्र अनलाइनले लेखेको छ।

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!