Loading... आजः शनिबार , श्रावण १२, २०८१

कोरोनाका कारण सरकारी कार्यालयहरू दुई चरण गरेर खोलिने


अब सरकारी कार्यालय दुई सिफ्टमा सञ्चालन गरिने भएको छ। बुधबार राति बसेको मन्त्रिपरिषद बैठकले लकडाउन खुकुलो पार्दै लैजानेगरी गरेको निर्णय बिहीबार सार्वजनिक गर्दै अर्थमन्त्री, सूचना तथा सञ्चार प्रविधिमन्त्री युवराज खतिवडाले दुई सिफ्टमा सरकारी कार्यालय सञ्चालन गरिने भएको जानकारी दिनुभयो।

उहाँका अनुसार बिहान ८ बजेदेखि १ बजेसम्म पहिलो सिफ्ट सञ्चालन हुनेछ। त्यस्तै १ बजेदेखि साँझ ६ बजेसम्म दोस्रो सिफ्ट सञ्चालन हुने भएको छ।कार्यालयमा भीडभाड नहुनेगरी काम सहज रुपमा सञ्चालन गर्नका लागि यस्तो व्यवस्था गरिएको हो।

आगामी असार १ गतेदेखि सम्पूर्ण सरकारी कार्यालयहरु सिफ्टअनुसार नै सञ्चालन हुने भएको खतिवडाले बताउनुभयो। यद्यपि सरकारी विद्यालय भने तत्कालका लागि बन्द रहने सेतोपाटी अनलाइनमा खबर छ ।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!