Loading... आजः शनिबार , श्रावण १२, २०८१

कोरोनाका कारण ७ महिनादेखि बन्द प्याराग्लाइडिङ पुनः सञ्चालनमा आउने


कोरोना महामारीका कारण विगत ७ महिनादेखि बन्द प्याराग्लाइडिङ असोज १५ गतेबाट सञ्चालनमा आउने भएको छ। सरकारले आन्तरिक उडान सुरु गरेसँगै प्याराग्लाइडिङ पनि असोज १५ गतेवाट व्यावसायिक रुपमा सञ्चालनमा आउने भएको हो। अहिले परीक्षणकालका रुपमा सञ्चालनमा रहेको र सम्पूर्ण स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै १५ असोजबाट व्यवसायीक रुपमा प्याराग्लाइडिङ सुरु हुने हवाइ खेलकुद संस्था नाकाका अध्यक्ष कृष्ण भण्डारीले बताउनुभयो।पुरानै अवस्थामा फर्किन समय लाग्ने भएपनि अहिले आन्तरिक पर्यटकलाई लक्षित गर्दै सेवा प्रदान गरिनेछ। कोरोनाको जोखिमका कारण वन्द रहेका कम्पनीहरुलाई पुनवुकिङ शुरु गर्न नाले प्याराग्लाइडिङ कम्पनीहरुले निर्देशन दिएको नेपालखबर अनलाइनमा समाचार छ।

लकडाउनको अवधिमा पोखरामा व्यवसायिक रुपमा प्याराग्लाइडिङ उडान सञ्चालन गरिरहेका कम्पनीहरुले करिब ५० करोड बराबरो नोक्सानी व्यहोर्नुपरेका नाका महासचिव बलराम आर्चायले बताउनुभयो। अहिले परिक्षणकालमा रहेका प्याराग्लाइडिङ सुरक्षाका निश्चित मापदण्ड अपनाएर संचालन भइरहेका छन्। प्याराग्लाइडिङको विश्वव्यापी संस्था फेडरेशनअफ इरोनेटिक इन्टरनेशनल (एफएआई)का अनुसार पोखरा प्याराग्लाइडिङको उत्कृष्टमध्येको एक गन्तव्य हो। पोखराको सराङकोट, तोरीपानी र मान्द्रे ढुंगाबाट ५५ वटा कम्पनीले दैनिक प्याराग्लाइडिङ उडाउने गर्दछन्। प्याराग्लाइडिङबाट झन्डै दुई हजार जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!