Loading... आजः शुक्रबार , श्रावण ११, २०८१

कोरोनाको कारण नथुला सीमा व्यापार, मानसरोवर नखोल्ने सिक्किम सरकारले निर्णय गरेर भारत सरकारले जनाएको छः मन्त्री पन्त


गान्तोक, 22 अप्रेल। कोविड-19को प्रभाव विश्वलाई नै परिरहेको छ भने अहिले आएर अन्तर्राष्ट्रिय सीमा ब्यापार र यातायातमा पनि यसको प्रभाव स्पष्ट देखिन थालेको छ। यसै क्रममा सिक्किमको नथुला भञ्ज्याङ भएर चल्ने भारत चीनको सीमा व्यापार यसपल्ट नखोल्ने सिक्किम सरकारले निर्णय गरेको छ। यस प्रकारको निर्णय बारे एउटा प्रतिवेदन तयार गरेर भारतको केन्द्र सरकारलाई पठाउने अनि यो वर्ष नथुला सीमा ब्यापार नखोल्ने निर्णय गरेको राज्यको पर्यटन, उद्योग तथा वाणिज्य मन्त्री बीएस पन्तले बताएका छन्। पत्रकारहरूसित कुराकानी गर्दै उनले अहिले चीन नै कोरोना भाइरसको केन्द्रविन्दू भएको कारण सोझो चीनसँग हुने सीमा ब्यापार बन्द राख्ने निर्णय गरेको अनि यसबारे केन्द्र सरकारलाई अवगत गराउने पनि बताए। यसरी नै उनले नथुला भञ्ज्याङ भएरै हुने कैलाश मानसरोवरयात्रा पनि सबै बाटोघाटो बन्द भएको कारण स्थगन रहने बताए। वर्ष 2006-सालदेखि शुरु भएको नथुला सीमा ब्यापार सिक्किमका स्थानीय व्यापारीहरू चीनको तिब्बतीय स्वेत्त शासित क्षेत्रमा पुगेर सामान आयत अनि निर्यात गर्ने गर्दछन। पछिल्लो वर्ष 2019-मा सिक्किमे व्यापारीहरूले 39.73 करोडको सामान निर्यात गरेका थिए भने 3.16 करोडको सामान आयात गरेको थियो। यसरी नथुला सीमा ब्यापार बन्द भएको यो दोस्रो घटना हो। यस अघि 2017 सालको भारत चीन बीचको डोकलाम झमेलामा सीमा ब्यापार र मान सरोवर यात्रा दुवै बन्द भएको थियो।
अर्कोतिर पर्यटन मन्त्री पन्तले यो वर्ष अक्टोबर महिनासम्म घरेलू पर्यटकहरूलाई पनि सिक्किम आउन प्रतिबन्धित नै गरिने अनि विदेशी पर्यटकहरूलाई भने अनिश्चित कालकै निम्ति सिक्किम प्रवेशमा रोक लगाइने निर्णय गरेको बताए। अक्टोबरदेखि उता नयाँ पर्यटकीय मौसममा भने अवस्थालाई हेरेर घरेलू पर्यटकहरूलाई भने सम्भव भए छुट दिने पनि बताएका छन्। वार्षिकरुपमा पर्यटनबाट मात्र राज्य सरकारलाई सोझै 10 करोड रुपियाँको राजस्व प्राप्त हुने अनि हितधारकहरूमार्फत भने करोडौं रुपियाँको आर्थिक लाभ हुँदै आएको छ। अर्कोतिर पर्यटन व्यवसाय ठप्प भएपछि सानातिना हितधारकहरूले विशेष गरेर मासिकरूपमा बुझाउनु पर्ने ईएमआईको समस्याबारे सरकारले केही राहत प्रदान गर्ने प्रयास गरिरहेको अनि यस सन्दर्भमा केन्द्र सरकारलाई सहयोगको निवेदन र प्रस्तावपनि पठाएको मन्त्री पन्तले बताए। राज्य सरकारले सक्दो यस्ता हितधारकहरूका निम्ति सम्पूर्णरूपमा नभएपनि केही हदसम्म सहयोग पुऱ्याउने निर्णय गरेको बताए। यस बारेमा हितधारकहरूबाट पनि अनुरोध आइरहेको जनाए। यसरी नै सिक्किमबाट शुरुमा औषधी कारखानाहरू बन्द गर्ने नगर्ने विषयमा चर्चा उठेपनि केन्द्र सरकारको निर्देशन पछि सबै फर्मा कम्पनी खुल्ला राखेर देशलाई आवश्यकता परेके समय देशलाई औषधी उत्पादनमा देशको 60 प्रतिशत दवाई सिक्किमबाट उत्पादन गरेर पठाएको उद्योगमन्त्री पन्तले बताए। यो पनि सिक्किमले देशको निम्ति गरेको योगदान हो उनले भने।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!