Loading... आजः मंगलबार , मंसिर १८, २०८१

कोरोनाको कारण नेपाल र भोटाङ समेत सबै विदेशीलाई सिक्किम प्रवेशको अनुमतिमा प्रतिबन्ध


गान्तोक, 6 मार्च। सिक्किम सरकारद्वारा कोरोना भाइरसलाई लिएर हिज 5 मार्चदेखि इनरलाइन पर्मिट बन्द गरिएको घोषणासितै आजदेखि सिक्किमको प्रवेशद्वार रम्फु र मल्लीमा जाँच प्रक्रिया अझ सक्रिय बनाइएको छ। सिक्कम स्वास्थ्य विभाग अनि पुलिसको संयुक्त पहलमा आजदेखी सिक्किम प्रवेश गर्ने वाहन अनि वाहनमा सवार मानिसहरुको स्वास्थ्य जाँच सक्रिय रुपमा भइरहेको छ। सिक्किम सरकारको गृह विभागले विदेशीहरूलाई सिक्किम प्रवेशको समय प्रदान गरिने इनर लाइन परमिट(आइएलपी) 5 मार्चको दिनदेखि बन्द गरेर भोटाङ लगायत सबै विदेशका नागरिकहरूलाई सिक्किम प्रवेश निषेध बनाएको छ। अर्कोतिर भारत-चीन सीमामा स्थित नाथुला भञ्जाङ भ्रमणको निम्ति जारी गरिने पर्यटकीय परमिट पनि स्थगित गरिएको छ। राजधानी गान्तोकबाट नाथुला भञ्ज्याङ 52 किलोमिटरको दुरीमा स्थित छ। जुन सिक्किमको चर्चित पर्यटकीय गन्तव्य हो। अर्कोतिर यसै सिमाबाट भारत-चीन सीमा व्यापार हुने गर्दछ जुन साविक समय अऩुसार आउँदो मई महिनाको एक तारिकदेखि खोलिनुपर्ने हुन्छ। अहिले भने ठण्डाको कारण बन्द अवस्थामा रहेको छ। सिक्किम सरकारको उच्च स्तरीय सरकारी बैठक पछि गत 4 मार्चको दिन नोभल कोरोना भाइरसबारे विस्तृत छलफलपछि अघिल्लो सूचना जारी नभएसम्मको निम्ति इनर लाइन परमिट स्थगित गरिएको छ। गृह विभागले नेपाल र भोटाङसमेत अन्य राष्ट्रबाट आउने विदेशी पर्यटकहरूलाई सिक्किम प्रवेशको निम्ति प्रदान गरिने इनर लाइन परमिट रोकिएको छ। रम्फू र मल्ली दुइवटा नाकाबाट सर्वाधिक विदेशी पर्यटकहरू सिक्किम आउने गर्दछन् जहाँ आजदेखि जाँच कडा गरिएको छ।

सरकारले भोटाङ लगायत अन्य देशका नागरिकहरुलाई सिक्किम प्रवेशमाथी रोक लगाएको छ भने बाहिर घुमेर आउने राज्यका मानिसहरुलाई समेत जाँच गरिरहेको जानकारी रम्फू प्रथमकि स्वास्थ्य केन्द्रकी चिकित्सक डा. छिरिङ भोटियाले दिएकी छन्। यसै मार्च महिनादेखि सिक्किमको वसन्त पर्यटन मौसम शुरु हुने गर्दछ तर कोरोना भाइरसको आतङ्कको कारण विदेशी पर्यटकहरू सिक्किम घुम्न नपाउने भएका छन्। उल्लेखनीय छ पछिल्लो पर्यटकीय मौसममा विदेशी पर्यटकहरूको आगमनको राम्रो आँकडा दर्ता गरिएको थियो। जसमा गतवर्षदेखि मात्र सिक्किम भ्रमणको निम्ति अनुमति प्राप्त गरेको बङ्गलादेशी पर्यटकहरूको बाक्लो उपस्थित हुँदै आएको थियो जो अब पूर्ण रूपमा अघिल्लो सूचना जारी भएसम्मको निम्ति बन्द भएको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!