Loading... आजः शनिबार , श्रावण १२, २०८१

कोरोनाको महामारीमा मजदूरहरूको हितमा एसकेएम सरकारले कुनै काम गरेको छैन- दर्नाल


गान्तोक, 30 अप्रेल। अन्तर्राष्ट्रिय मई दिवसको पूर्व सन्ध्यामा सिक्किमको विपक्षी दल सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ)-को भातृ सङ्गठन सिक्किम प्रजातान्त्रिक मजदूर मोर्चाका प्रभारी महासचिव तथा प्रवक्ता जेबी दर्नालले सिक्किम सरकार कोविड-19को महामारीमा खटि खाने मजदूर वर्गको पक्षमा केही काम गर्नपनि नसक्ने भएको पुष्टी भएको दावी गरेका छन्। उनले एसडीएफ मुख्यालयमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सिक्किमका खटिखाने मजदूरहरूलाई महामारीको समय भेला भएर हर्षोल्लासको साथमा मई दिवस पालन गर्न नहुने अवस्था भएपनि एसडीएफ पार्टीको तर्फबाट शुभकामना व्यक्त गर्दै सरकारलाई विभिन्न माग राखेका छन्। उनले केन्द्र सरकारको आदेश अनुसार दवाई कारखानाहरू खुल्ला राखेको भएपनि त्यहाँ श्रम विभागबाट निगरानी नगरिएको अनि जिल्ला प्रशासनले पनि केवल अधिसूचना जारी गरेर काम लगाउने अनि दोबर हाँजिरा दिने सुझाउ मात्र राखेको अनि यस्तो अवस्थामा मजदूरहरूलाई तेब्बर मजदूरी दिनुपर्ने बताए। यसरी नै तिमी चियाबारी केन्द्र सरकारको आवश्यक उद्योगमा नआएपनि जबर्जस्ती श्रमिकहरूलाई मृत्युको मुखमा हाल्ने काम गर्दै काममा लगाएको आरोप लगाए। उनीहरूको निम्ति श्रम विभागको कसैले पनि सुरक्षा व्यवस्था बारे जानकारी नलिएको अनि सेनिटाइजेसन बारे कुनै निरिक्षण नगरेको बताउँदै चिया श्रमिकहरूलाई जुन सुरक्षा र सहुलियत प्रदान गरिनुपर्ने थियो त्योसम्म गर्न चुकेको बताए। उनीहरूलाई काममा लगाउन अधिसूचना जारी गर्नसक्ने प्रशासनले बेतन बारे कुनै आधिकारिक निर्णय नगर्नु श्रमिकहरूको हित विपरित रहेको बताए।
यसरी नै राज्यका मजदूरहरूको निम्ति खाँटी रैथाने सिक्किमका मजदूरहरूलाई अवकाशपछि मासि 15 हजार रुपियाँ पेन्सनको योजना सरकारले गरिदिनुपर्ने माग राखेका छन्। यसैगरी अहिले लकडाउनको समय खटिखाने चालक ससाना दोकाने र ब्यापारीहरू कष्टमा परेको हुनाले उऩीहरूको निम्ति सरकारले तुरन्तै निर्णय लिनुपर्ने अनि आर्थिक सहयोग गर्नुपर्ने बताए। अब उसो सिक्किमे मजदूरहरलाई कम्तिमा पनि मसिक 25 हजार रुपियाँ वेतन हुनुपर्ने मजदूर मोर्चाको तर्फबाट माग गरेका छन्।
अर्कोतिर कोविड-19 बारे राज्य सरकारको पहलहरू सबै फ्यातुलो रहेको बताउँदै मुख्यमन्त्री र मुख्यमन्त्रीका सचिवको वक्तव्यहरू स्वयं विरोधाभाष रहेको अनि पूर्व सरकारले ऋणमा डुबाएको भन्दै आउने वर्तमान सरकारले शुरुमै करोडौं रुपियाँ ऋण लिएको बजेट बुकमा उल्लेख भएको खुलासा गर्दै अहिले सरकार चलाउन ऋण लिनुपर्छ की पर्दैन भन्नेकुरा बुझेकोमा उनले बधाई दिए। तर पहिले एसडीएफ सरकारले ऋण लिएको भन्दै आरोप लगाउनेले अहिले आफैं पैसा छापेर जनताको सेवा गर्न सक्दैन भन्ने स्वीकार्नुपर्छ। अर्कोतिर एसकेएम सरकारले मुख्यमन्त्री राहत कोषमा जम्मा भएको रकमहरू बारेमा श्वेत पत्र जारीगर्नुपर्ने माग राखेका छन् भने अहिलेसम्म राज्य सरकारले आपदा प्रबन्धन विभाग र अन्य विभागबाट पनि धनराशी खर्च गर्नसक्ने केन्द्र सरकारले दिएको स्वीकारोक्तिलाई कहाँ प्रयोग गर्दैछन् अनि कोरोनाको निम्ति कति कोष तय गरेका छन् जनतालाई बताउनुपर्छ उनले माग राखेका छन्।
यसरी नै एसडीएफ पार्टीका प्रवक्ताहरूलाई गाली गर्नको साटो एसडीएफले दिएको सुझाउलाई जनताको पक्षमा अमल गर्नुपर्छ भन्दै महामारीको समयलाई राजनीतिक आँखाले नहेरेर रोग सित जुझ्नको निम्ति सर्वदलीय वैठक बोलाएर सबैले मिलेर कोरोनासित लड्ने टास्क फोर्स गठन गर्नुपर्ने राज्य सरकारलाई सुझाउ पनि दिए। यसरी नै एसकेएमकै सामाजिक सञ्जालका कार्यकर्ता प्रभास लिम्बूले सिक्किमे चेलीको कोरोना पोजिटिभालाई लिएर नाम फोटो सार्वजनिक गरेर कानुनको उल्लङ्घन गरेको विषयमा प्रशासनले उसलाई के कारवाही गऱ्यो प्रश्न गरेका छन्।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!