Loading... आजः शुक्रबार , श्रावण ११, २०८१

कोरोनाबाट नेपाली अर्थतन्त्रमा १ खर्ब ६८ अर्बको क्षति हुने


नेपाल राष्ट्र बैंकले कोभिड–१९ (कोरोनाभाइरस) ले नेपाली अर्थतन्त्रमा १ खर्ब ६८ अर्बको क्षति भएको प्रारम्भिक अनुमान गरेको छ। कोरोनाको सबैभन्दा बढी प्रभाव होटल, रेष्टुरेन्ट, यातायात, व्यापार क्षेत्रमा परेको रातोपाटी अनलाइनले लेखेको छ।

नेपाल राष्ट्र बैंकले प्रतिधिसभा अन्तर्गतको अर्थ समितिमा प्रस्तुत गरेको देशको समष्टिगत परिदृष्यमा नेपाली अर्थतन्त्रमा भएको नोक्सानका विषयमा उल्लेख गरिएको छ। समितिको सोमबारको बैठकमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकारले यसअघि आंकलन गरेको २.२७ प्रतिशतको आर्थिक बृद्धि त्यो भन्दा पनि तल झर्न सक्ने बताउनुभयो।

कोरोनाभाइरसको कारण विश्व अर्थतन्त्रनै प्रभावित छ। विश्व अर्थतन्त्र ४.९ प्रतिशतले संकुचन आउने अन्तर्राष्ट्रिय मुद्रा कोषले प्रक्षेपण गरेको थियो भने आइएमएफकै पछिल्लो प्रक्षेपणले नेपालको आर्थिक वृद्धिदर १ प्रतिशत रहने अनुमान गरेको छ। नेपालमा कोरोनाका कारण चैत ११ देखि गरिएको लकडाउनका कारण सम्पूर्ण आर्थिक क्षेत्र प्रभावित बनेको छ। असार १ गतेदेखि भने देश आंशिक लकडाउनमा रहेको छ।

Insert your Ads code here

यता लकडाउनमा कर्जा भन्दा निक्षेप ज्यादा संकलन हुँदा बैंकमा अधिक तरलता रहेको राष्ट्र बैंकले जनाएको छ। चैतदेखि जेठ सम्मको तीन महिनाको अवधिमा १ खर्ब ७२ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ भने कर्जा प्रवाह १६ अर्ब रुपैयाँ भएको छ।

अहिले बैकिङ सिस्टममा १ खर्ब ६६ अर्ब २ करोड रुपैयाँ अधिक तरलता छ। यो असार २६ गतेसम्मको स्थिति हो। बाणिज्य बैंकको अन्तर कारोबारदर ०.५ प्रतिशत रहेको छ। तर कोरोनाकै व्यापारमा आएको संकुचनले ब्यापार घाटा न्युन भएको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!