Loading... आजः आइतबार , बैशाख १४, २०८२

कोरोनाबाट पर्यटन विभिन्न क्षेत्रमा परेको प्रभावबारे वृहत सर्वेक्षण शुरु


कोरोनाबाट पर्यटन र यसका विभिन्न अन्तरसम्बन्धित क्षेत्रमा परेको प्रभावबारे वृहत सर्वेक्षण शुरु भएको छ। नेपाल पर्यटन बोर्डले पर्यटनका सबै अवयवमा कोरोनाबाट परेको प्रभावबारे सर्वेक्षण शुरु गरेको हो।

एकातर्फ तथ्यांक संकलन हुने र अर्कोतर्फ कोरोनाबाट परेको यथार्थ क्षति पत्ता लाग्ने भएकाले वृहत सर्वेक्षण थालिएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीले जानकारी दिनुभयो। अहिलेसम्म पर्यटनमा कति कम्पनी छन्, उनीहरुले वाषिर्क कतिसम्मको व्यापार गर्छन् भन्ने यकिन तथ्यांक आधिकारिक निकायहरुसँग नै छैन। सोहीकारण कोरोनाबाट अर्थतन्त्रमा परेको प्रभावबारे आकलन गर्न सकिएको छैन।

व्यवसायीहरु आफू पडामा भएको बताएपनि कुन क्षेत्रमा कति कामदार छन्, कति लगानी छ, कति बराबरको ऋण बैंकमा छ, कति कम्पनीको बुकिङ थियो, कति पर्यटक नेपाल आउने क्रममा थिए भन्नेबारे तथ्यांक सरकारसँग छैन । सोहीकारण बोर्डले अब यकिन तथ्यांक निकाल्न लागेको हो।

Insert your Ads code here

अनलाइनखबरका अनुसार पर्यटनका विभिन्न ८ क्षेत्रमा कोरोना प्रभावबारे विस्तृतमा सर्वेक्षण थालिएको छ । यसमा एयरलाइन्स कम्पनी, होटेल र पर्यटक सवारी रहेको छ। यसैगरी रेष्टुरेन्ट, र्‍याफ्टिङ, पदयात्रा तथा पर्वतारोहण, ट्राभल एण्ड टूर र अन्य बाँकी पर्यटकीय गतिविधिमा भएको असरबारे समेत बोर्डले अध्ययन गर्ने भएको छ। यसले भावी दिनमा सरकारको रणनीति निर्माणमा समेत योगदान पुग्ने सीईओ डा. रेग्मीले उल्लेख गर्नुभयो।

बोर्डले व्यवसायीबाट संकलन गरेको तथ्यांक विश्लेषण गरी आगामी दिनमा गर्नुपर्ने काम, व्यवसायीलाइ दिनुपर्ने सहुलियतको सिफारिस गरी विभागीय मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाउने छ। त्यहाँबाट नीतिगत निर्णय भई सहमतीका लागि अर्थ मन्त्रालय लगिने भएको छ । यसअघि १६ चैतमा सरकारले घोषणा गरेको आर्थिक प्याकेजप्रति पर्यटन व्यवसायीले असहमति जनाएका थिए ।

तर, सरकारी निकायले भने पर्यटनमा पुगेको यकित क्षतिबारे ठोस प्रस्ताव ल्याउन माग गरेका थिए । तर, कुनै पनि निकायसँग सबै व्यवसायीलाई समेट्ने किसिमको तथ्यांक उपलब्ध थिएन । पछिल्लो एक महिनायता नेपालमा अन्तर्राष्ट्रिय हवाई उडान बन्द भएको छ । आन्तरिक उडान बन्द भएको पनि तीन साता पुगिसकेको छ । पर्यटकीय गतिविधि एक महिनायता नै बन्द छ। सरकारले जारी सिजनको पर्वतारोहणसमेत बन्द गरेको छ । पदयात्रा र अन्य पर्यटकीय गतिविधि बन्द भएका छन् । यसले मूख्य पर्यटकीय सिजनमा पर्यटनबाट हुने आय ठप्प भएको छ।

पर्यटकीय संघसंस्थाले गरेको प्रारम्भिक प्रक्षेपणअनुसार ४० अर्ब भन्दा बढीको क्षति हुने अनुमान छ । यद्दपी कुनै पनि निकायले ठोस अनुमान भने गर्न सकेका छैनन् । पर्यटनमा यस्तै मन्दी आउने हो भने लाखौं रोजगारी गुम्ने अनुमान गरिएको छ । होटेल संघ नेपाल (हानका) अनुसार होटेल क्षेत्रले मात्र करीव ११ लाख रोजगारी सिर्जना गरेको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!