Loading... आजः शनिबार , श्रावण १२, २०८१

कोरोनाबाट बचाउन चामलिङले शुरु गरे ‘हाम्रो पवित्र अभियान जनताको बचाउने प्राण’ अभियान


गान्तोक, 23 मार्च। सिक्किमको विपक्षी दल सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ)-ले विश्वभरि फैलिएको कोविड-19-को प्रकोपबाट राज्यवासीलाई जोगाउन र सचेत गराउन आजदेखि राज्यव्यापी अभियान थालेको छ। कोरोना भाइरससित लड्नको निम्ति आवश्यक प्रारम्भिक सतर्कताको रूपमा रहेको हेण्ड सेनिटाइजर र माक्स सितै पार्टीले प्रकाशित गरेको सचेतनामुलक पर्चा बोकेर एसडीएफ कार्यकर्ताहरू राज्यभरी फैलिएका छन्। इन्दिरा बाइपासस्थित पार्टी कार्यालयमा एसडीएफ पार्टी अध्यक्ष तथा पूर्व मुख्यमन्त्री पवन चामलिङको उपस्थितिमा ‘हाम्रो पवित्र अभियान जनताको बचाउने प्राण’ भन्ने नारा लिएर सिक्किमलाई कोरोना भाइरस मुक्त बनाउने अभियानको थालनी भएको छ।

अभियानको शुरुवात गर्दै अध्यक्ष चामलिङले आफ्नो संक्षिप्त सम्बोधनमा सिक्किम अहिले कोरोनाको त्रासदीले ग्रसित रहेको अनि जनतामा डरको भावना रहेको बताउँदै यसबाट जनतालाई उन्मुक्तिदिन र कोरोना भाइरस बारे प्रसस्त जागरुक गराउने अनि सिक्किम र सिक्किमेको स्वास्थ्य सुरक्षाको निम्ति एसडीएफ पार्टीले यो भियान थालेको बताए। उनले पार्टीले प्रत्येक गाउँ ठाउँमा जनतामा पर्चा मार्फत कोरोना जागरुकता ल्याउने अनि हेण्ड सेनिटाइजर र माक्स वितरण गरेर कोरोनाको प्रकोपबाट बाँच्न जनतालाई अभिप्रेरणा गर्ने बताए। यो विश्वमहामारीको रूपमा रहेको कोरोनासित जुझ्नको निम्ति सिक्किमे जनसमुदाय सचेत बन्नुपर्ने अनि स्वस्थ सिक्किमे जनताको निम्ति सचेत बन्नुनै सबैभन्दा ठूलो जागरुकता रहेको कुरा पनि उल्लेख गरे। उनले एसडीएफका कार्यकर्ताहरू प्रत्येक क्षेत्रमा पुगेर जनतालाई विभिन्न माध्यमबाट कोरोना बारे जागरुक गराउनका साथै उनीहरूलाई स्वस्थ रहने सल्लाह र सुझाउ दिन लागिपर्ने बताए। उनले सबै सिक्किमेलाई सुस्वास्थ्य, सतर्क रहने पनि आह्वान गरे। आजदेखि नै राजधानीबाट थालिएको अभियानमा एसडीएफ कार्यकर्ताहरूले राज्यको विभिन्न ठाउँमा पुगेर जागरुकता पर्चा, मास्क र सेनिटाइजर वितरण गर्नथालेका छन्। आज विभिन्न निर्वाचन क्षेत्रबाट आएका एसडीएफ कार्यकर्ताहरूले अभियानलाई अघि बडाएको एसडीएफ प्रचारप्रसार सूत्रले बताएको छ।

Insert your Ads code here

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!