Loading... आजः शनिबार , श्रावण १२, २०८१

कोरोनाबाट विदेशमा १४ नेपालीको मृत्यु, ७ सय संक्रमित


कोरोना भाइरसको संक्रमणबाट विश्वका विभिन्न देशमा गरी १४ नेपालीको मृत्यु भएको छ। यस्तै यसबाट करिब ७ सय गैरआवासीय नेपाली संक्रमित भएका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले संकलन गरेको तथ्यांकअनुसार बेलायत, अमेरिका र साउदी अरब (यूएई) मा गरी कोरोना भाइरसका कारण १४ नेपालीको मृत्यु भएको नेपाल खबर अनलाइनले लेखेको छ।

एनआएरएनएका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित उच्चस्तरीय समितिअन्तर्गत स्वास्थ्य समितिले कोरोना भाइरसका कारण विभिन्न देशमा मृत्यु भएका नेपालीको तथ्यांक संकलन गरेको हो। जसअनुसार बेलायतमा ८, अमेरिकामा ५, साउदीमा १ नेपालीको मृत्यु भएको हो।

स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार विभिन्न देशमा गरी ६ सय ७५ गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित भएका छन्। अमेरिकामा मात्रै ५०० भन्दा बढी नेपाली संक्रमित भएका छन् भने बेलायतमा यस्ता नेपालीको संख्या सयभन्दा बढी भइसकेको उहाँले जानकारी दिनु भएको छ।

Insert your Ads code here

यस्तै पोर्चुगलमा २२, स्पेनमा १८, जर्मनीमा ४, अस्ट्रेलियामा ९, यूएईमा १०, कुवेतमा ५, जापानमा १, मलेसियामा १ र हङकङमा १ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ। अन्य देशमा पनि विवरण संकलन भइरहेको एनआरएनले जनाएको छ।

कोरोनाका कारण विदेशमा समस्यामा परेका नेपालीका लागि हेल्पलाइन

कोरोना महामारीका कारण विभिन्न मुलुकमा सास्ती भोगिरहेका नेपालीलाई सहयोग गर्ने उद्देश्यले एनआरएनएले आइतबार हेल्पलाइन सेवा सुरु गरेको छ। काठमाडौंस्थित संघको सचिवालयबाट २४सै घण्टा यो सेवा सञ्चालन हुने एनआरएनएका अध्यक्ष कुमार पन्तले जानकारी दिएका छन्। कोरोना महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीले हेल्पलाइनको नम्बरमा फोन गरेर आफ्ना समस्या सुनाउन सक्ने उनले बताएका छन्।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!