Loading... आजः शनिबार , श्रावण १२, २०८१

कोरोनाबाट सतर्क रहने एप सार्वजनिक


कोरोना भाइरस संक्रमणमा सुरक्षा सतर्कता कसरी अपनाउन नेपालको गोयल ग्रुपले कोरोना संक्रमण सतर्कता एप सार्वजनिक गरेको छ। ‘सुरक्षा’ नामक एपले कन्ट्रयाक्ट ट्रेसिङको काम गर्नेछ। भाइरसहरुबाट सतर्क रहन विश्वका धेरै देशहरुले एपको प्रयोग गर्ने गरेका छन्। यसैलाई आधार मानेर सुरक्षा एपको निर्माण गरिएको गोयल ग्रुपका कार्यकारी निर्देशक चिराग गोयल बताउनुभयो। अफ्रिकामा इबुला नामको भाइरसले महामारीको रुप लिला पनि यस किसिमको एप प्रयोग भएको उहाँले बताउनुभयो। अनलाइनखबरका अनुसार यो एपले गर्ने मूख्य काम भनेको कुन मान्छेको सम्पर्कमा कोको र कति जना आएको छ भन्ने कुरा सूचित गराउँछ।

अहिले यो एप एन्ड्रोइड फोनको प्लेस्टोरमा उपलब्ध छ। आइफोनका लागि भने गुगलबाट डाउनलोड गर्न सकिनेछ। यसलाई डाउनलोड गरिसकेपछि मोवाइलको ब्लूटुथ र लोकेशन भने सँधै अन गर्नुपर्ने गोयल बताउनुहुन्छ। एप अन भइसकेपछि आफ्नो व्यक्तिगत जानकारीहरु जस्तै नाम, उमेर, ठेगाना तथा सम्पर्क नम्बर राख्नु पर्नेछ। स्वास्थ्य अवस्था, पछिल्ला ६० दिनमा देशबाहिर भ्रमण गरेको थियो वा थिएन र संक्रमण व्यक्तिसँग सम्पर्कमा परेको छ वा छैन जस्ता प्रश्नको उत्तर एपमा दिनुपर्ने गोयलको भनाइ छ।

उहाँका अनुसार मान्छे भेटेको १४ दिनमा एपले भेटेको मान्छेलाई कोरोना लक्षण छ कि छैन भन्ने देखाउँछ। यदि कोरोना लक्षण देखियो भने त्यो माछेले कहाँ कति जनालाई भेटेको थियो भन्ने विषयमा पनि जानकारी दिने उहाँको दावी छ ।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!