कोरोनाले सिकाएको पाठ
अर्जुन सुवेदी,
प्रमुख प्रशासकीय अधिकृत
बढैयाताल गाउँ पालिका, बर्दिया ।
यति बेला विश्वलाई कोरोना भााइरसले निकै आक्रान्त पारेको छ । यसले चिनबाट सुरु गरेको यात्रा विश्व मानचित्रमा रहेका सबै राष्ट्रलाई चुनौती दिएको छ । यसको सहज रुपमा चुनौती स्विकार गर्न शक्ति संपन्न राष्ट्रलाई समेत हम्मे हम्मे परिरहेको बेला, नेपाल जस्ता साना र गरिब राष्ट्र, साच्चीकै निरिह बन्नु पर्ने अबस्था छ । कोरोना संक्रमणको स्वभाव अत्यन्त नयाँ भएको कारण विश्व स्वास्थ्य संगठन र स्वास्थ्य विज्ञानका निपुर्ण क्षेत्र समेत यति बेला हार स्विकार गरेको अबस्थामा छन् । नेपालमा पनि यसको प्रभाव विस्तारै तेस्रो चरणमा प्रवेश गरिरहेको छ ।
साच्चीकै भन्ने हो भने, यति बेला कोरोना भाइरसले विश्वलाई गतिलो पाठ सिकाइरहेको अबस्था छ । आर्थिक सम्पन्नता, गरिबी, भुगोल, कुनै पनि कुरालाई ध्यान नदिई, एक रफ्तारका साथ कोरोना भाइरस फैलीरहेको अबस्था छ । यसको असर र प्रभाव ठुला र सम्पन्न राष्ट्रहरुमा ब्यापक हुनुले अलि गहन भएर सोच्च हामीलाइ बाध्य बनाएको छ । नेपाल जस्तो गरिब मुुलुक लाई यसले अलि बढी प्रभाव पारेमा अबस्था के हुन सक्ला अहिले हामीले आंकलन पनि गर्न सक्दैनौ । त्यो अबस्था कल्पनाका रुपमा सोच्दा कहाली लाग्दो छ । उपचार गर्न कहाँ जाने ? कसरी जाने ? के मा जाने ? यि आदि कुराले हामीलाई गम्भीर बनाउँछ । यसको एक मात्र उपचार लकडाउनमै रहनुनै संक्रमण हुन बाट बच्ने उपाय हो ।
कोरोना कहर कहिले अन्त्य हुने, कुनै ठेगान छैन । १७२० को प्लेग महामारी, १८२० कोरेला, १९२० को स्पेनीस फ्लु का कारण करोडौँ मानिसको ज्यान गएको थियो । यि विपतहरु को अन्त्य हुन लामो समय लागेको इतिहासलाई यति बेला विर्सन हुँदैन । विभिन्न आंकल, पढ्ने र सुन्ने बाहेक अहिले नै केही भन्न सक्ने अबस्था छैन । कतिपय विस्लेषक हरुले यो विपत्ती एक देखी दुइ बर्ष सम्म रहने त कतिपयले छ महिना देखी एक बर्ष सम्म रहने आंकलन गरिरहेका छन् ।
विश्वलाई प्रभाव पारिरहेको यस कोरोना माहामारी बाट हामी नेपालीले के सिक्ने त ? सबै पक्षका सकरात्मक तथा नकरात्मक पाटा भए जस्तै कोरोनाको असर बाट हामीले नेपाल निमार्णका लागी सकरात्मक पाटो बाट हेर्दा हामीलाइ के सन्देश दिएको छ । त्यस्ता सकरात्मक पाटाहरुको बारेमा अबका दिनमा गहन छलफल गरि एक दिशा निर्धारण गर्न जरुरी छ । कोरोनाले देखाएको केही सकारात्मक विषयका बारेमा यसरी हेर्न सकिन्छ ः
सिमा ब्यवस्थापन
नेपालको चारै तिरको सिमालाई अहिले जसरी खुल्ला हुँदा समस्या पारेको छ । अबका दिनमा पुर्ण रुपमा नेपाल संग जोडीएका देशका सिमाहरु एकिन सिमाङ्कन गरि बन्द गरिनु पर्छ । निश्चीत नाका बाट आवत जावत गर्नेको डिजीटल रेकर्ड राख्ने, बाहिर बाट आएको ब्यक्ती किन र कहाँ आएको, कहिले फर्कने र फर्केको विवरण समेत राख्न आबस्यक छ ।
उत्पादनमा जोड
अबका दिनमा देशको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको कृषी उत्पादनलाई जोड दिने गरि कार्यक्रम तयार पारिनु र्पछ । करार खेती, सामुहीक खेती, ब्यवसायीक खेतीमा जोड दिँदै आन्तरीक रोजगारी र श्रमको उच्चतम परिचालन गरि आत्मनिर्भरमा मात्र नभएर आयात प्रतिस्थापन गर्ने गरि उत्पादनमा जोड दिन जरुरी छ ।
डिजीटल सेवाको विकास
कतिपय सेवाहरु अबका दिनमा सुचना प्रविधिमा जोड दिँदै सञ्चालन गर्न जरुरी छ । सबै खाले कर, विमा, बैंकीङ्क किस्ता, आबस्यक सरकारी सिफारीस लगाएतका अन्य सरकारी सेवाहरु अनलाइन मार्फत प्रबाह गर्न डिजीटल सेवामा जोड दिन जरुरी छ ।
सवल स्वास्थ्य अबस्था
अहिले हाम्रो देशको स्वाथ्य अबस्था निकै दयनिय छ । यसलाइ दुरु दराज सम्म सेवा विस्तार र प्रभावकारी बनाउन यस पटको कोरोनाले हामीलाई झकझकाएको छ । जनसंख्याको आधारमा स्वास्थ्य सेवाको मापदण्ड बनाई जनशक्ती र भौतीक अबस्था सवल बनाउन कोरोनाले दरो सन्देश दिएको छ ।
आत्मनीर्भर उन्मुख अर्थतन्त्र
हामीले अब देश निमार्णका लागि, अर्थतन्त्रलाइ आत्म निर्भर बनाउन आबस्यक देखिन्छ । बैदेशीक ऋण सहयोग मात्र भन्दा पनि स्वदेशकै पुंजी स्रोत परिचालन हुने गरि स्वाभीमानका साथ आत्मनिर्भर अर्थ प्रणाली बनाउन जरुरी छ । आयातको सट्टा निर्यातमा जोड दिने, उधोेग तथा करकारखाना को विकास गर्ने, जल स्रोतको विकास, पर्यापर्यटनको विकास, कला संस्कृतीको संर्बधन र विकास गरि बजबुद अर्थतन्त्र निमार्णका लागि कोरोना कहर बाट सिक्न जरुरी छ ।
समय अनुकुल निशुल्क प्राबिधिक शिक्षा
उत्पादन र रोजगारीमा बृद्धी हुने गरि, विभिन्न क्षेत्रहरुको निर्धारण गरि उच्च, मध्यम र निम्न स्तरको प्राविधीक जनशक्ती विकास गरि स्वदेशमै रोजगार उन्मुख गराउने गरि बर्तमान शिक्षा प्रणालीलाई समयअनुकुल बनाउन आबस्यक छ । प्रत्यक ब्यक्तीलाई उत्पादनमा लाग्न आबस्यक सिप र पुँजीको ब्यवस्था, उत्पादनको बजारीकरणको सुनिश्चीतता, अबका दिनमा राज्यबाट गर्न जरुरी छ ।
औधोगीग विकास
देशलाइ आबस्यक बस्तु स्वदेशमै उत्पादन हुने गरि वातवरण सृजना गरि, विदेशीएका नेपालीलाई स्वदेशमा आई लगानी गर्ने उचित वातावरण राज्यले तयार गर्न अब ढिला गर्नु हुँदैन ।
यसरी उपरोक्त विषयहरु ब्यापक छलफल गरि तिनै तहका सरकारले जिम्मेवारीका साथ योजना निमार्ण र कार्यन्वयन गर्न सके कारोनाले हामीलाई सदबुद्धी दिएको ठानीने छ । कोरोना कहर पछि पनि उहि पुरानो ढंगले, पुरानै सोच र प्रबृती मा फर्कीयौँ भने हाम्रो मानशिक्ता रहेको कोरोनाले छोड्ने छैन र सधैँ दुख पाउने छौँ । अस्तु..।