Loading... आजः शुक्रबार , श्रावण ११, २०८१

कोरोनासित डराएका नानीहरू कसरी हॉंस्ने


आर.के सिन्हा

कोरोना भाइरससित संसार नै डराएको छ र यो विषालु संक्रमणलाई समाप्त गर्ने दिशामा सबै देश सक्रिय पनि छन्। यसमाथि ढिलो-छिटो नियन्त्रण पाउन सकिने छ। तर, यसले हालमा स्कूल-कलेज जाने नानीहरूलाई निकै असर पारेको छ। उनीहरू घरभित्र कैद छन्। उनीहरूका सामान्य दिनचर्या पनि पूर्ण रूपमा प्रभावित बनेको छ। उनीहरूका स्कूल-कलेज सबै बन्द छन्। अहिले निकट भविष्यमा स्कूल-कलेज खोलिने सम्भावना पनि देखिॅंदैन।

वास्तवमा, कोरोना भाइरसबाट सुरक्षाको निम्ति शिक्षण संस्थानहरू बन्द गर्नु भन्दा पहिलेदेखि नै यो रोगबारे घर-बाहिर सबै चर्चाहरू नानीहरूले सुनिरहेका थिए। उनीहरूले दिनहूॅं महामारीको रूप लिइसकेको कोरोना भाइरसको चपेटमा हजारौंको संख्यामा मानिसहरू आइसकेको खबर सुनिरहेका थिए। यसले बाल मन चिन्तित बनेको छ। यस्तो स्थिति संसारभरिकै नानीहरूको भएको छ। यो कुरा भारतसम्म सीमित छैन। कोरोनाको जालमा सबै संसार नै आइसकेको छ। यसको संक्रमणका कारण भइरहेको मृत्युले जब उमेर पुगेका मानिसहरू हल्लिएका छन् भने नानीहरूको मनको स्थितिलाई बुझ्न गारो नपर्नु पर्ने हो। उनीहरू यस कारण पनि डराएका छन्, कारण कोरोना भाइरसको उपचारको निम्ति अहिलेसम्म औषधि अथवा भेक्सीन बजारमा उपलब्ध छैन। यसका साथै घरका प्रत्येक सदस्यहरूले यी नानीहरूलाई विश्व स्वास्थ्य संगठन र तमाम अन्य चिकित्सकहरूबाट प्राप्त भइरहेका सुझाउहरू दिइरहेका छन्। जस्तै हात धुनु, कसैलाई हाछ्यु आयो र खोकी लाग्यो भने जोगिने, आफ्नो आंखा, नाक र मुखमा औंला नलगाउने आदि-आदि।

Insert your Ads code here

निश्चित रूपमा यस्तै कारणहरूले नानीहरूका अनुहारबाट मुस्कान हराएको छ। नानीहरूका हॉंसो र मुस्कानलाई त फर्काएर ल्याउनै पर्छ। उनीहरू आफ्ना आमा-बाबा, बाजे-बज्यै अथवा परिवारका अन्य ठूला सदस्यहरूका अनुहारमा तनाउका रेखाहरू हेरिरहेका छन्। यस कारण पनि उनीहरू डराएका छन्। हुनु पनि सबैतिर कोरोनाका कारण भइरहेको मृत्यकै कुरा मात्र चलिरहेको छ। यो क्रम निर्बाध गतिमा चलिरहेको छ।

आजकल नानीहरू पनि सोशल मीडियासित जोडिएका छन्, यस कारण फेसबुक, इन्स्टाग्राम, व्हाट्सएप आदिमा कोरोनासित सम्बन्धित खबर, फोटो र म्यासेज अनि अफवाहहरू हेर्ने र पढ़ने गरिरहेका छन्। अर्थात उनीहरूले कतैबाट राहत पाएका छैनन्। त्यहॉं पनि केवल नकारात्मक माहोल नै कायम छ। कोरोनाले नानीहरूमा भय उत्पन्न गराएको छ। उनीहरू भयमा बाचिरहेका छन्। यो कोरोनाबाट कहिले र कसरी छुटकारा पाउन सकिन्छ भन्ने कुरा उनीहरूले बुझ्नु सकिरहेका छैनन्। उनीहरूले यस प्रश्नको जवाफ कतैबाट पाउन सकेका छैनन्। यस्तो निराशाजनक स्थितिमा आगोमा घिउ हाल्ने काम सत्य-असत्य खबर र फोटाहरूले गरिरहेको छ, जुन मुख्यरूपमा इटली र चीनबाट आइरहेका छन्। यी देशहरूमा कोरोना कहर बनेको छ। त्यहॉं कोरोनाका कारण हजारौंको संख्यामा मानिसहरू मारिएका पनि छन्। यी सबै नानीहरूले सोशल मीडियामा हेरिरहेका छन्।

डराएका यी नानीहरूलाई कसरी यो गम्भीर मानसिक संकटबाट बाहिर निकाल्ने? यसो गर्नु परम आवश्यक छ। यस दिशामा पहिलो चरण आफ्ना नानीहरूसित कोरोनाबारे धेरै कुरा नगर्नु हुन सक्छ। अभिभावकहरूले आफ्ना नानीहरूको उपस्थितिमा कोरोना विषय चर्चा नगरून्। यदि कुरा गर्नु नै हो भने पनि हामी कोरोनालाई हराउने छौ भन्ने कुरा नानीहरूसित गरौं। यो संक्रमणको पनि चॉंड़ै आषधि खोज गरिने छ भनौं। यसले नानीहरूमा सकारात्मक भावना आउने छ। उनीहरूका मनमा कोरोनालाई हामी हराउन सक्छौ भन्ने लाग्न थाल्छ।

उनीहरू यो लाचार स्थितिबाट माथि उठ्न सक्ने छन्। टीभी च्यानलहरूमा नानीहरूलाई ‘रामायण’ र ‘महाभारत’ देखाउनु होस। त्यसपछि उनीहरू यसै विषयमा कुरा गर्नेछन्। कोरोना संक्रमणको उपचारको निम्ति विश्वस्तरमा प्रयास चलिरहेको छ। नानीहरूलाई भन्नुहोस, चिन्ता लिने कुनै कारण छैन।
यदि उनीहरूले प्रश्न गरिहाले भन्नु होस, जनसंख्या घनत्वको आधारमा भारतमा प्रतिवर्ग किलोमिटर यसको प्रभाव अन्य देशहरूको तुलनामा नगण्य छ। यसै बहानामा उनीहरूको भूगोलको क्लास पनि लिनुहोस। जबसम्म स्कूल-कलेजमा अवकाश छ तबसम्म घरमै बसेर पढ़नुहोस, लेख्नुहोस र मस्त बस्नुहोस। नानीहरूसित लूडो, चेस आदि खेलहरू खेल्नुहोस। नानीहरूसित कोरोनाबारे कुराकानी गर्दा संक्षिप्तमा गर्नुहोस र सकारात्मक कुरा गर्नुहोस। यसो गर्दा अवश्य पनि परिणाम पनि राम्रै हुनेछ।

अहिले घरमा आमा-बाबा र नानीहरू सबै एकसाथ छन्, आरामसित क्यारम खेल्नुहोस, अन्ताक्षरी खेल्नुहोस। नयॉं-पुराना फिल्महरू हेर्नुहोस। हुन सक्छ भने धेरैभन्दा धेरै कमेडी फिल्महरू हेर्नुहोस। यस समय पनि सामाजिक दूरी कायम राख्नु होला। यसको महत्त्व पनि समझाउनु होस। हेर्नुहोस, यसले एक त टाइमपास हुनेछ भने नानीहरू पनि कोरोनाको जालबाट बाहिर आउनेछन् र सकारात्मक सोच्न थाल्नेछन्। घरमा सबै परिवार एकसाथ हुनु, यस्तो अवसर धेरै कम आउने गर्छ। मेरो ठूली नातिनीलाई पढ़ने शौक छ। संगीतको पनि शौक छ। म उसलाई त्यही विषयमा प्रोत्साहित गर्छु। राम्रो गीत गाउॅंदा म प्रशंसा पनि गर्छु। सानी नातिनी र नातीलाई पेन्टिङको शौक छ। म उनीहरूलाई त्यही विषयमा प्रोत्साहित गर्ने गर्छु। यो अवसरको लाभ उठाउनु होस।

आजकलको भागदोड़को जीवनमा आफ्नाहरूसित समय बिताउने अवसर कहॉं मिल्छ। नानीहरूका समर भ्याकेशनको समय पनि आमा-बाबा कार्यालय नै गइरहेका हुन्छन्। कोरोनाकै बहानामा भए पनि हामीलाई आफ्नो परिवारसित समय बिताउने अवसर प्राप्त भएको छ। यसको लाभ उठाउनु होस। अहिले नवरात्रि चलिरहेको छ। बिहान-बेलुकी आरती चलिरहेको छ। एकदमै आनन्दमय वातावरण बन्ने गर्छ। अहिले नानीहरू घरबाट बाहिर जान सकेका छैनन्। उनीहरूले आफ्ना साथीहरूलाई पनि भेट्न सकेका छैनन्। यो समयमा अभिभावकहरू नै उनीहरूको साथी बन्नुपर्छ। उनीहरूसित कुराकानी गर्नुहोस। यसो गरे हामी आफ्ना नानीहरूलाई फेरि मुस्काएको देख्न सक्ने छौ।
(लेखक वरिष्ठ सम्पादक एवं स्तम्भकार हुन्)

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!