Loading... आजः शनिबार , श्रावण १२, २०८१

कोरोना आयो भनेर डराउने होइन अऩुशासित बनेर धैर्यपूर्वक सुरक्षाका नियमहरू पालन गरौः जेकब खालिङ


गान्तोक, 24 मई । सिक्किमको मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङले यो समय अतालिने अथवा डराउने होइन, तर अनुशासित बनेर धैर्यपूर्वक सुरक्षाका नियमहरू पालन गर्नुपर्ने समय रहेको बताएका छन्। सिक्किममा पनि पहिलो कोरोना पोजिटिभ मामिला अघि आएपछि मानिसहरूको हौसला बढ़ाउॅंदै खालिङले यसो भनेका हुन्। राजधानी गान्तोकस्थित पार्टी मुख्यालयमा आज आयोजित एक संवाददाता सम्मेलनमा राजनीतिक सचिव खालिङले विरामी युवकको शीघ्र स्वास्थ्य लाभको पनि कामना गरे। भारत सरकारले लागू गरेको तीन चरणको लकडाउनसम्म सिक्किम कोरोना मुक्त रहेपछि हालमा राज्य बाहिर फॅंसेका सिक्किमेहरूलाई फर्काएर ल्याउने क्रममा कोरोना संक्रमणको मामिला अघि आएको उनले बताए। उनले कोरोना संक्रमित युवक अहिले एसटीएनएम अस्पतालमा तयार गरिएको कोविड 19 समर्पित अस्पतालमा उपचाराधीन रहेको जानकारी दिए। उनले देशका अन्य ठाउॅंहरूमा एक कोरोना रोगीको जसरी उपचार हुन्छ, यहॉं पनि सोही प्रकारको उपचार प्रदान गरिने बताउॅंदै कसैलाई यस विषयमा शंका नगर्ने अपील गने। उनले सिक्किम सरकार यस्तो स्थिति आएको खण्डमा जुझ्न अगावै पूर्णरूपमा तयार रहेको पनि दाबी गरे। उनले विरामीहरूको उपचारमा कुनै प्रकारको समस्या छैन भन्दै कोरोना संक्रमित युवकको अवस्था अहिले स्थिर रहेको बताए। अर्कोतिर, खालिङले सरकारको लापरवाहीका कारण सिक्किममा कोरोना भित्रियो भनी लगाइएको आरोपको विरोध गरेका छन्। उनले विशेषगरि विपक्षी सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीको नाम लिॅंदै पहिले एसडीएफ पार्टीले नै पत्रकार सम्मेलन आयोजन गरेर राज्य बाहिर फॅंसेका सिक्किमेहरूलाई चॉंडोभन्दा चॉंडो फर्काएर ल्याउन सरकारमाथि दबाउ दिएको बताए। यसपछि, सरकारले पनि बाहिर फॅंसेका सिक्किमेहरूलाई ल्याउने कार्यमा तीव्रता ल्याएको र यसै क्रममा एक युवकको रिपोर्ट कोरोना पोजिटिभ आएपछि अहिले एसडीएफले सरकारमाथि लापरवाहीको आरोप लगाइरहेको उनले बताए। उनले एसडीएफ पार्टीलाई आफ्नो कुरामा अडिग बस्ने र यस विषयलाई राजनीतिक मुद्दा नबनाउने सुझाउ दिए। उनले सरकार सिक्किमलाई कोरोना मुक्त राख्न प्रयासरत थियो भने विपक्षीहरू सिक्किममा कोरोना भित्रियोस भन्ने पक्षमा रहेको आरोप लगाए। यसैगरी, उनले पेन्डेमिक फेमिलीलाई पनि आफ्नो निशानामा लिॅंदै सरकारमाथि बाहिर फॅंसेकाहरूलाई अतिशीघ्र घर फर्काएर लैजान दबाउ दिएको बताए। उनले भाजपा विधायक डीटी लेप्चाले सरकारको लापरवाहीका कारण सिक्किममा कोरोना भित्रिएको हो भनी लगाएको आरोपको पनि विरोध जनाए। उनले विधायक लेप्चा यतिका दिनसम्म चुप लागेर बसेको, तर कोरोना पोजिटिभ भेटिएको थाहा पाउने बितिकै आफ्नो राजनीतिक रोटी सेक्न अघि आएको आरोप लगाए। यस अतिरिक्त खालिङले राज्यमा कोरोना पोजिटिभ भेटिएको घटनालाई ध्यानमा राख्दै सरकारले चॉंड़ै भावी कार्यक्रम र दिशानिर्देशहरू सार्वजनिक गर्ने बताए।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!