Loading... आजः शनिबार , श्रावण १२, २०८१

कोरोना कारण नेपालमा आन्तरिक उडान २५ प्रतिशत मात्रै गर्ने तयारी


सरकारले तत्काल सीमित संख्यामा मात्र आन्तरिक उडान गर्ने तयारी गरेको छ। लकडाउनअघि भएको कुल उडानको २५ प्रतिशतमात्र उडान गर्ने तयारी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गरेको हो । मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले भने, “हाललाई २५ प्रतिशत उडान गर्ने गरी तयारी भएको छ । सोहीअनुसार नेपाल नागरिक उड्यडन प्राधिकरणले सरोकारवाला निकायसँग छलफल गरिरहेको छ ।” सरकारले नियमित आन्तरिक उडान सुरुवात गर्ने निर्णय गर्दै केकति मात्रामा र कुन क्षेत्रमा उडान गर्ने भन्ने व्यवस्थापन र सहजीकरणका लागि विभागीय मन्त्रालयलाई जिम्मा दिएको छ । मन्त्रालयको निर्देशनअनुसार सुरुमा २५ प्रतिशतमात्र आन्तरिक उडान अनुमति दिने तयारी भइरहेको र क्रमिक रुपमा बढाउँदै जाने प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बताउनुभयो।

चाडबाडलाई लक्षित गरेर हवाई यात्रा सहजीकरण गर्नुपर्ने सरकारको दायित्व रहेकाले पनि सम्भव भएसम्म सबै गन्तव्यमा उडान गर्ने प्राधिकरणको तयारी छ । सरकारले तोकेका र अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) ले निर्धारण गरेका सबैखाले स्वास्थ्य सुरक्षा अपनाएर सबै गन्तव्यमा उडान भर्ने गरी प्राधिकरणले तयारी पूरा गरेको जनाएको छ । हाल अन्तर्राष्ट्रिय र सीमित आन्तरिक रुपमा हेलिकप्टरले उडान गरिरहेका छन् ।

सरकारले असोज १ बाट सिट क्षमताको ५० प्रतिशतमा उडान गर्ने गरी निर्णय गरेको भए पनि मन्त्रालयले भने असोज ५ बाट सबै तयारी पूरा गरेर आन्तरिक उडान खुला गर्ने तयारी अघि बढाएको कारोबार अनलाइनले जनाएको छ।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!