Loading... आजः शनिबार , श्रावण १२, २०८१

कोरोना जितेर एकै दिन ३३ जना घर फर्किए


कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणपछि मोरङ सुन्दरहरैंचास्थित पूर्वाञ्चल विश्वविद्यालय मेडिकल कलेजको कोभिड आइसोलेसनमा उपचाररत ३३ जना निको भएर सोमबार घर फर्केका छन्। सङ्क्रमणपछि अस्पतालमा भर्ना भएर उपचाररत १८ देखि ५६ वर्ष उमेर समूहका उनीहरूमा पछिल्लो दोस्रो पीसीआर परीक्षणमा कोभिड–१९ नेगेटिभ देखिएपछि डिस्चार्ज गरिएको गोरखापत्र अनलाइनले लेखेको छ।

डिस्चार्ज हुनेहरूमा मोरङका पाँच जना, झापाका २० जना, सुनसरी दुइ जना, ताप्लेजुङका एक जना, सङ्खुवासभाका तीन जना र खोटााङका दुइ जना छन्। उनीहरूको डिस्चार्जपछि अस्पतालमा ४२ जना उपचाररत बाँकी रहेको पीयू मेडिकल कलेजका डिन डा. शैलेशमणी पोखरेलले जानकारी दिनुभएको छ।

पीयू कोभिड–१९ उपचार केन्द्रबाट मात्रै हालसम्म २२७ जना डिस्चार्ज भइसकेका छन्। त्यहाँ भर्ना गरिएकामध्ये हालसम्म छ जनालाई बीपी प्रतिष्ठान धरान र कोशीको कोभिड–१९ उपचार केन्द्र विराटनगरमा रेफर गरिएको थियो। रेफर गरिएकाहरू समेत उपचारपछि घर फर्किसकेका छन्। गोठगाउँमा हालसम्म २७५ जना भर्ना भइसकेका छन्।

Insert your Ads code here

प्रदेश १ मा जम्मा सङ्क्रमित ७२४ जनामध्ये उपचारपछि निको भएर घर फर्कनेको सङ्ख्या ६०४ जना पुगेको हो। प्रदेश १ अन्तर्गतका विभिन्न अस्पतालमा अब १२० जना सङ्क्रमित उपचाररत रहेका छन्। प्रदेश १ मा सङ्क्रमणपछि निको भएर घर फर्कने ८३.४२ प्रतिशत पुगेकाे छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!