कोरोना नियन्त्रणमा बर्दियाका सिडिओ गम्भीर
बेद प्रकाश गुप्ता
बर्दिया, असोज १२ । बर्दियामा कोरोना संक्रमित मृत्युको संख्या बढ्दै गएपछि सिडिओ कोरोना कहर नियन्त्रणमा गम्भिर देखिएका छन् ।आइसोलेसन कक्ष, पिसिआर परीक्षणका मेसिन जडानमा देखिएको उनको भूमिकाले केहि दिन भित्र पिसिआर परीक्षणको दायरा फराकिलो हुने भएको छ ।
सिडिओ अधिकारीको पहलमा जिल्लाका माननिय र जनप्रतिनिधिसँगको समन्वयमा पसिआर मेसिन जडान र परीक्षणका लागि काम अघि बढिसकेको छ ।
नेपाल भारतको सीमामा शसस्त्र प्रहरी परिचालन गरेर आवागमन रोक्न सिडिओ लिलाधर अधिकारीको भुमिका प्रशंसनिय देखिएको छ ।
प्रशासनको कडा निगरानी र नियन्त्रणमा बर्दियाको बाँसगढीमा र बारबर्दियामा आउट ब्रेक भएको कोरोना संक्रमण बस्तारै नियन्त्रणमा आउँने क्रममा छ । बाँसगढी स्थित सिजीफुड कम्पनीका ६२ जना कामदारलाई कोरोना देखिएपछि सिडिओको निर्देशनमा आईसोलनसनमा राखेर बिरामीको उपचार र बाँसगढीमा निशेधआज्ञा जारी गरी सिडिओ अधिकारी फन्ट लाईनमा बसेर काम गरेका थिए ।
यस्तै, बारबर्दियामा निशेधाज्ञा जारी गरेपछि समुदायम कोरोना संक्रमण फैलिनबाट रोकिएको छ ।अन्य काम छाडेर कोरोना नियन्त्रण अधिकारीले खेल्ने भुमिकाले संक्रमण फैलिन केहि हद सम्म रोकिएको स्थानीयले बुझेका छन् ।
कोरोना संक्रमण लाई नबुझेकाका कारण कोरोना समुदायमा फैलिए मानबिय क्षति हुन सक्ने सिडिओ अधिकारीले बताए ।‘प्रशासनले गर्ने काम भनेको जन धनको सुरक्षा हो ’उनले भने,‘प्रशासनले कोरोना संक्रमण रोक्न जस्तो सुकै पनि कदम चाल्न सक्छ जसका कारण सर्वसाधरणको जिउधनको सुरक्षा हुन प¥र्यो ।’
बर्दियामा पनि ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएकाले यस संक्रमणलाई सामान्य नठान्न उनले आग्रह गरे । प्रशासनले चालेका कदममा स्थानीयले हातेमालो आवश्यक्ता भएको उनको ठहर छ ।
पिसिआर मेशिन जडानको बिषयमा प्रक्रिया अघि बढिसकेको उनले जानकारी दिए ।यसअघि सडक निस्केका सिडिओ अधिकारीले स्वास्थ्य मापदण्ड लागु गर्न पर्ने बिभिन्न किसिमका सचेतना अभियान संचालन गरिसकेका छन् । अहिले सबै मिलेर मात्र समुदायमा कोरोना संंक्रमण नियन्त्रण गर्न सकिने उनको भनाई छ ।
‘सिडिओसँग जादुको छडि त छैन, छडि घुमाउँने बित्तिकै सबै ठिक होस’ उनी भन्छन, ‘सिडिओ मुख मात्र नताकेर, जिल्लाबासीले यो भयानक संक्रमण नियन्त्रणका लागि आफ्नो ठाउँबाट सहयोग सबैले गर्न पर्यो ।’बर्दियामा सिडिओको अध्यक्षतमा बसेको बैठकले मंगलबार (असोज १३)देखि जोर बिजोर प्रणालिबाट सवारी साधन चल्न पर्ने निर्णय गरेको छ । यस्तै,कोरोना संक्रमण अघि हप्ताको एक दिन शनिबार सम्पुर्ण व्यबसाय बन्द हुने नियमलाई प्रशासनले कडाईका साथ लागु गर्ने भएको छ ।अन्य दिनमा बिहान १० बजे देखि ५ सम्म मात्र पसल संचालन गर्न पर्ने र गोष्ठी र सभालाई प्रशासनले रोक लगाएको छ ।कुनै पनि संघ वा संस्थामा कोरोना संक्रमण देखिए संस्थालाई शिल प्रशासनले गर्ने गरेको छ । यस क्रममा कोरोना संक्रमण कर्मचरीलाई पुष्टि भएपछि राष्ट्रिय वाणिज्य बैक प्रशासनले शिल गरेको छ ।
शनिबार आएको रिपार्टमा नेपाल प्रहरीका १७ जनालाई कोरोना पुष्टि भएपछि नेपाल प्रहरीका ठाउँमा सशस्त्र प्रहरी खटाएर शान्ति सुरक्षा चुस्त दुस्त पारेका प्रजिअ अधिकारीले प्रशासनको पहिलो प्राथामिकता सर्बसाधरणलाई कोरोना संक्रमण वाट वच्न सुरक्षा गर्नुको साथै जिल्लावासीको शान्ति सुरक्षा भएको बताएका छन् ।