Loading... आजः शनिबार , श्रावण १२, २०८१

कोरोना नियन्त्रण गर्न नेपालका राष्ट्रपति र उप राष्ट्रपतिद्वारा सहयोगको घोषणा


नेपालकी राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ लाई दुई महिना बराबरको पारिश्रमिक प्रदान गर्ने घोषणा गर्नु भएको छ।

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) रोगको संक्रमणलाई फैलिन नदिन तथा सोको रोकथाम एवम् नियन्त्रणका लागि नेपाल सरकारद्वारा स्थापित कोषमा राष्ट्रपतिबाट उक्त पारिश्रमिक प्रदान गर्ने राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिलाई उद्धृत गर्दै नेपाल खबर अनलाइनले लेखेको छ।

यस्तै, उपराष्ट्रपति नन्दबहादुर पुनलेसो कोषलाई आफ्नो एक महिनाको पारिश्रमिक प्रदान गर्ने बताउनु भएको छ। उपराष्ट्रपतिले नआत्तिन, धैर्य गर्न र उच्च मनोबलका साथ कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारको प्रयासमा पूर्ण साथ दिन सबै नेपालीमा अपिलसमेत गर्नु भएको छ। यस अगाडि नै प्रतिनिधिसभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षले पनि एकएक महिनाको पारिश्रमिक दिने घोषणा गर्नु भएको छ।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!