Loading... आजः शनिबार , श्रावण १२, २०८१

कोरोना भाइरसका कारण चीन र नेपालबीचका अधिकांश उडान स्थगन हुँदै


नोवल कोरोना भाइरसको प्रभावका कारण पर्यटकले टिकट रद्द गर्ने क्रम वृद्धि भएपछि चीनका विभिन्न सहरबाट काठमाडौं उडान गर्दै आएका वायुसेवा कम्पनीहरुले उडान स्थगन गर्ने क्रम बढेको छ।

राजधानीस्थित सर्वाधिक टिकट विक्री गर्ने ओशो वर्ल्ड ट्राभलका प्रबन्ध निर्देशक श्याम थपलियाका अनुसार छेन्दुबाट काठमाडौं उडान भर्ने एयर चाइनाले आउने मंगलबारपछिका २४ वटा उडान स्थगन गरेको छ। उसले यात्रुहरुलाई टिकटको मिति सार्न वा भुक्तानी फिर्ता लिन सकिने भनेको कान्तिपुर अनलाइनले लेखेको छ।

त्यस्तै क्वाङचाउबाट काठमाडौं उडान भर्ने चाइना साउर्दनले माघ १९ देखि एक सातासम्मका उडान रद्द गरेको छ। चाइना साउर्दनले यो समयमा हुने १४ वटा उडान रद्द गर्दै नेपालको टिकट बिक्री गर्दै आएका स्वदेशी तथा विदेशी ट्राभल एजेन्सीलाई यात्रुको अनुरोधमा टिकट सार्न वा रकम फिर्ता दिलाउन इमेल लेखेको छ।

Insert your Ads code here

त्यस्तै, तिब्बत एयरलायन्सले माघ १८ पछिका उडान अर्को सूचना जारी नहुन्जेलसम्मका लागि स्थगन गरेको छ। हाल चिनियाँ ५ वटा चिनियाँ एयरलायन्सले चीनको क्वाङचाउ, खुन्मिङ, छेन्दु र ल्हासाबाट दैनिक १४ वटा उडान गर्छन्।

चीनका ५ वटा सहरमा उडान गर्दै आएको हिमालय एयरलायन्सले चैत १५ गतेसम्मका लागि चीनका कुइयाङ, छाङ्सा र शन्चन गरी तीन सहरको उडान रद्द गरेको पर्यटन बोर्डले शनिबार राजधानीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आयोजित कार्यक्रममा प्रशासनिक उपाध्यक्ष विजय श्रेष्ठले बताउनुभयो। सर्वाधिक चीनका सहरमा उडान भर्ने यो एक मात्र एयरलायन्स हो। उहाँले हाल एयरलायन्सले सबै यात्रुलाई अनिवार्य मास्क वितरण गरिरहेको बताउनुभयो। चिनियाँ कर्मचारी समेत रहेको हिमालयले कम्पनीमा स्वदेशी विदेशी चालकदलको आवतजावत भइरहने भएकाले अनिवार्य मास्क लगाउने तथा सावधानी अपनाउने गरिएको उहाँले बताउनुभयो। उहाँले जहाजमा पनि यात्रुहरुका लागि चिनियाँ, नेपाली र अंग्रेजी भाषामा प्लेकार्ड छपाई गरी वितरण गरिरहेको बताउनुभयो। उक्त प्लेकार्डमा स्वास्थ्य लगायतका समस्याबारे जानकारी राखिएको छ।

हिमायलले ट्राभल एजेन्सीलाई यात्रुहरुले चीनका लागि खरिद गरेका टिकट फिर्ता गर्न चाहेमा भुक्तानी दिन काठमाडौंका ट्राभल एजेन्सीलाई सूचना जारी गरेको छ। विमानस्थलका प्रवक्ता देवचन्द्र लाल कर्णका अनुसार, चीनतर्फबाट हुने उडानमा यात्रुको संख्या घट्दो देखिन्छ। चीनबाट आउने विमानका यात्रुहरु जहाजबाट ओर्लिने बित्तिकै मास्क लगाउदै बाहिरिने गरेका छन्।

यसैबीच संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले चीनको प्रभावित क्षेत्रमा रहेका नेपाली विद्यार्थीलाई उद्धार गर्नुपरेमा हिमालय एयरलायन्स र नेपाल वायुसेवा निगम तयार रहेको बताउनुभयो। पर्यटन बोर्डमा भएको कार्यक्रममा दुवै एयरलायन्सका प्रतिनितिको उपस्थिति थियो। मन्त्रीले दुवै एयरलायन्सलाई तयार अवस्थामा रहन भन्नु भएको थियो।

काठमाडौंमा उडान भर्दै आएका विदेशी एयरलायन्सहरुको संस्था एयरलायन्स अपरेटर्स कम्युनिटीका अध्यक्ष शरद काफ्ले विदेशीहरु नेपाल आउन अप्ठ्यारो मानिरहेकाले सरकारले तत्काल नेपालको स्थितिबारे ट्राभल एडभाइजरी जारी गर्न ढिलाई नगर्न भन्नुभयो। उहाँले पछिल्लो सयममा छिमेकी मुलुक चीनमा देखिएको कोरोनाका कारण छिमेकी मुलुकका हैसियतले नेपालमा के छ स्थिती भन्नेबारे नेपाल घुम्न आउन चाहानेहरु अलमलमा परेको भन्नुभयो।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!