Loading... आजः मंगलबार , फाल्गुन ६, २०८१

कोरोना भाइरसका कारण नेपाली खेलकुद गतिविधि एक साताका लागि स्थगित


विश्वव्यापी महामारीको रूप लिइरहेको कोरोना भाइरस (कोभिड–१९) को नकारात्मक प्रभाव नेपाली खेलकुदमा परिसकेको छ । नेपाली खेलकुदको सर्वोच्च संस्था राष्ट्रिय खेलकुद परिषद (राखेप) ले सम्पूर्ण खेलकुद गतिविधि हाललाई कम्तीमा एक साताका लागि स्थगित गर्ने निर्णय गरेको छ ।

राखेपको निर्णय आउनुअघि नै करिब सबै खेल गतिविधि बन्द भइसकेका थिए। नेपाल सरकारको स्वास्थ्य मन्त्रालय एक साताअघि नै भीडभाडजन्य गतिविधि नगर्न र सहभागी नहुन परिपत्र जारी गरिसकेको यिथो।

त्रिपुरेश्वरस्थित मुख्यालयमा राखेपका विभागीय र शाखा प्रमुखहरूसँगको छलफलपछि सदस्य–सचिव रमेशकुमार सिलवालले चैत १२ सम्म सम्पूर्ण खेलकुद गतिविधि ( प्रतियोगिता, प्रशिक्षण, सभा, सम्मेलन, गोष्ठी र सेमिनारलगायत मानवीय भेला हुने) बन्द गर्ने निर्णय गर्नुभएको कान्तिपुर अनलाइनले जनाएको छ। बैठकले खेलाडी, प्रशिक्षक, खेल पदाधिकारी, कर्मचारी र सम्बद्ध सबैमा कोरोना भाइरसप्रति सचेतना अपनाउन आह्वान पनि गरेको छ। राखेपले चैत १२ पछि आवश्यकता हेरेर थप निर्णय लिनेछ।

Insert your Ads code here

राखेपको निर्देशनपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले जारी राखेको एकमात्र प्रतियोगिता सहिद स्मारक ‘बी’ डिभिजन लिग पनि कम्तीमा एक साताका लागि स्थगित गरेको छ। एन्फाले ‘बी’ डिभिजनबाहेक अन्य प्रतियोगिताहरू बन्द गरिसकेको थियो।

‘राखेपको निर्देशनअनुसार हाल भइरहेको सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल, एन्फाले आयोजना गर्ने गोष्ठी, सेमिनार र अन्य प्रतियोगितालगायतका कार्यक्रम एवं धरान, बुटवल र ललितपुरका एन्फा टेक्निकल सेन्टर तथा एन्फा सचिवालयसहित चैत १२ सम्मका लागि बन्द रहनेछ,’ एन्फा महासचिव इन्द्रमान तुलाधरद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ।

एन्फाले बुधबारै आसन्न एन्फा कंग्रेस पनि स्थगित गरेको छ। पूर्वनिर्धारित कार्यक्रमअन्तर्गत एन्फाको १९ औं कंग्रेस चैत १६ मा हुने तय थियो। कोरोना संक्रमणको सम्भावित जोखिमका कारण फिफा र एएफसीका प्रतिनिधि उपस्थित हुन नसक्ने जानकारी आएपछि कंग्रेस स्थगित गरिएको हो। एन्फाले अति आवश्यक कामहरू घरैबाट इमेल वा अन्य डिजिटल माध्यमबाट जारी राखिने जनाएको छ।

 

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!