Loading... आजः शनिबार , श्रावण १२, २०८१

कोरोना भाइरसका कारण नेपालको विद्युतीय कारोबारमा आकर्षण


कोरोना भाइरस (कोभिड–१९) पछाडि विद्युतीय कारोबारमा आकर्षण बढेको छ। कोरोनाका कारण बैंकसम्मै पुगेर वित्तीय कारोबार गर्न अप्ठेरो परेका कारण पनि बन्दाबन्दीको समयमा विद्युतीय कारोबारमा उल्लेखनीय प्रगति भएको हो। पूर्वाधारमा भएको विकास, विद्युतीय भुक्तानी कारोबारका लागि गरिएको प्रोत्साहन र विद्युतीय भुक्तानी उपकरणमा सर्वसाधारण अभ्यस्त हुनुको कारण विद्युतीय भुक्तानी कारोबार उल्लेख्य वृद्धि भएको राष्ट्र बैंकका अधिकारी बताउँछन्, अनलाइनखबरमा समाचार छ।

विद्युतीय कारोबार सहज भए पनि प्रविधिमा सर्वसाधारण अभ्यस्त नहुँदा यसको कारोबार राम्रो हुन सकेको थिएन । कोभिडपछि भने बाध्यात्मक अवस्था भएका कारण पनि विद्युतीय कारोबार बढेको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बताउनुभयो। पछिल्लो तथ्यांकले प्रविधिका सबै प्लाटफर्महरुमा सर्वसाधारणहरुको आकर्षण बढ्दै गएको देखाउँछ । राष्ट्र बैंकका अनुसार साउन महिनामा एटिएमबाटमात्रै ४७ लाख ६९ हजार ३ सय ४० वटा कारोबार भएका छन् । जसबाट ३८ अर्ब ३९ करोड ३० लाख रुपैयाँको कारोबार भएको छ । यस अवधिमा डेबिट कार्डबाट पनि राम्रै कारोबार भएको छ ।

साउन महिनामा मात्रै डेबिट कार्डबाट ५४ लाख २६ हजार ३ सय ६८ वटा कारोबार मार्फत ४१ अर्ब ७८ करोड ७० लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो महिना असारमा भने डेबिट कार्डबाट ३३ लाख १६ हजार ५ सय ५४ कारोबारमार्फत २५ अर्ब ८९ करोड रुपैयाँको कारोबार भएको थियो। यसैगरी क्रेडिट कार्डबाट हुने कारोबारमा पनि राम्रै वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ।

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!