Loading... आजः शनिबार , श्रावण १२, २०८१

कोरोना भाइरसका कारण नेपाल–चीनबीचको तातोपानी नाकाबाट आयात शून्य


नेपाल–चीनबीचको उत्तरी सीमा तातोपानी नाकाबाट दुई हप्तादेखि चिनियाँ सामान आयात शून्य भएको छ। तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत लालबहादुर खत्रीका अनुसार चीनमा फैलिएको कोरोना भाइरसको त्रास र चिनियाँ ल्होसारका कारण चीनबाट आयात ठप्प भएको हो। चिनियाँको महìवपूर्ण पर्व ल्होसार र कोरोना सङ्क्रमण फैलने डरले दुई देशबीच व्यापारिक कारोबार हुन सकेको छैन । दुई हप्तादेखि चिनियाँलाई नेपाल प्रवेश र नेपालीलाई चिनियाँ भूभागमा जान दिइएको छैन । दुवै देशको आवतजावतमा रोक लगाइएपछि चीनबाट नेपालमा सामान आयात भएको छैन। गत जेठ १५ गतेबाट तातोपानी नाका सुचारु भए पनि हालसम्म नेपालबाट चीनमा निर्यात नभएको गोरखापत्र अनलाइनले लेखेको छ।

नेपाली व्यापारी, व्यवसायी सामान लिन चिनियाँ भूभाग गएका छैनन् भने कन्टेनर चालक, सहचालक र मजदुर सीमामा कन्टेनर थन्क्याएर घर फर्केका छन्। भन्सारका कर्मचारी पनि हाजिर गरेर फुर्सदिला भएका छन् । भन्सारमा व्यापारी, व्यवसायीको उपस्थिति पनि देखिँदैन नाकाबाट कारोबार कहिले सुचारु हुन्छ निश्चित भएको छैन । दुई देशबीच आउजाउ नभएका कारण पर्यटकसमेत हालसम्म ओहोरदोहोर गर्न पाएका छैनन्। चालू आवको साउनयता माघ मसान्तसम्म तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट एक अर्ब सात करोड रुपियाँ राजस्व सङ्कलन भएको भन्सार प्रमुख खत्रीले जानकारी दिनुभयो । गत जेठ १५ गतेबाट तातोपानी नाका खुले पनि सहज रूपमा व्यापार गर्ने वातावरण नबन्दा व्यापारी अन्यत्र गएर काम गर्नुपर्ने बाध्यता भएको व्यापारी रमेशकुमार श्रेष्ठले दुखेसो व्यक्त गर्नुभयो।

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!