Loading... आजः शनिबार , श्रावण १२, २०८१

कोरोना भाइरसका कारण भ्रमण वर्ष २०२०को कार्यक्रम औपचारिक रुपमै स्थगित


नेपाल सरकारले भ्रमण वर्ष २०२०को कार्यक्रम औपचारिक रुपमै स्थगित गरेको छ। चैत ९ गते बसेको मन्त्रीपरिषदको बैठकले उक्त निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारिले जानकारी दिनुभयो।

उहाँका अनुसार यो निर्णय सङ्गै भ्रमण वर्ष २०२० को प्रचार प्रसारका लागि स्थापना गरिएको भ्रमण वर्ष २०२० को सचिवालय आगामी बैशाख १ गते देखि बिघटन गर्ने निर्णय पनि भएको गोरखापत्र अनलाइनले जनाएको छ। २०२० भर २० लाख पर्यटक भित्राउने उद्देश्यसहित सरकारले जनवरी १ मा यो अभियानको औपचारिक उद्द्घाटन गरेको थियो ।

पर्यटनलाई नेपालको अर्थतन्त्रको महत्वपूर्ण क्षेत्रका रुपमा स्थापित गर्ने उद्देश्यका साथ सरकारले भ्रमण बर्स घोषणा गरेपनी कोरोना भाइरसको सन्क्रमणका कारण यो अभियान स्थगित गर्नुपरेको हो ।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!