Loading... आजः शनिबार , श्रावण १२, २०८१

कोरोना भाइरसको पहलमा जुटेका स्वास्थ्यकर्मीहरूलाई एक करोडको व्यक्तिगत बिमा सरकारले गर्नुपर्छ- जेबी दर्नाल


गान्तोक, 19 मार्च। सिक्किमका प्रमुख विपक्षी दल सिक्किम डेमोक्रेटिक फ्रण्टले आज सिक्किमको दुईवटा प्रमुख नाका मध्ये पूर्व र उत्तर सिक्किमको निम्ति रहेको रम्फू चेकपोष्टमा भ्रमण गरेर कोविड-19 बारे भइरहेको पहलको प्रत्यक्ष जानकारी लिएको छ। प्रवक्ता तथा सिक्किम प्रजातान्त्रिक मोर्चाका प्रभारी महासचिव जेबी दर्नालले रम्फू नाकामा तैनात स्वास्थ्यकर्मी साथै कोविड 19 लाई रोकथामको निति खटिरहेका सम्बन्धित निकायका कर्मचारीहरूसित प्रत्यक्ष कुराकानी गरेर उनीहरूको सुविधा असुविधाबारे जानकारी लिएका छन्। सिक्किमको पाँचवटा राष्ट्रिय र अन्तर्राष्ट्रिय नाकामध्ये रम्फू र मल्ली नाका मात्र खुल्ला रहेको छ। रम्फूमा खटिएका कर्मचारीहरूसितको कुराकानी पछि मिडियालाई सम्बोधन गर्दै प्रवक्ता दर्नालले सरकारले गरिरहेको पहललाई एसडीएफ पार्टीको तर्फबाट सकारात्मक सहयो रहने र अझ सरकारको तर्फबाट अपनाइनुपर्ने सतर्कताहरूमा कमी रहेको दावी गरे। उनले रम्फूमा खटिएका कर्मचारीहरूसितको प्रत्यक्ष कुराकानी र जाँचमा ती स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरूको स्वास्थ्यको पर्याप्त व्यवस्था नभएको थाहा लागेको बताउँदै सरकारको तर्फबाट अत्याधुनिक सुरक्षा उपकरण प्रदान गरिनुपर्ने माग राखे। यसैगरी ज्यानको बाजी लगाएर खटिरहेका यी कर्मचारीहरूलाई समेत कथमकाल कोरोना लागेको खण्डमा उनीहरूको जीवन सुरक्षा खतरामा पर्ने भएकोले राज्य सरकारले ती रम्फूमा तैनाथ कर्मचारीहरूलाई एक-एक करोड रुपियाँको निजी बीमा सरकारको तर्फबाट गराइनुपर्ने माग राखेका छन्। यसैगरी मानिसहरूको झैं विभिन्न वाहनहरू आवत जावतलाई पनि ध्यानमा राखेर सेनिटाइजरको व्यवस्था गरिनुपर्ने माग राखेका छन्। अर्कोतिर निजी कम्पनीहरूको नाफाको सुरक्षा गर्ने जिम्मेवारी होइन राज्य सरकारले त्यहाँ कार्यरत सिक्किमे मजदूरहरूको सुरक्षा गर्नको लागि फरमा कम्पनी, विजुली कारखाना तथा तीमी चियाबारीका श्रमिकहरूलाई पनी विदा दिएर आवश्यक सतर्कता अपनाउनुपर्ने माग राखेका छन्।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!