Loading... आजः सोमबार , कार्तिक १९, २०८१

कोरोना भाइरसको बढ्दो संक्रमणलाई लक्षित गरी राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक


सरकारले राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा गर्न नपाइने भएको छ। कोरोना भाइरसको बढ्दो संक्रमणलाई लक्षित गरेर बिहीबारदेखि लागू हुने गरी यो निर्णय गरिएको गृह मन्त्रालयले प्रेस विज्ञप्ती मार्फत जानकारी दिएको छ।

काठमाडौं उपत्यकासहित २ सयभन्दा बढी सक्रिय संक्रमित भएका क्षेत्रमा लागू हुने गरी यो निर्णय गरिएको मन्त्रायलका सह–प्रवक्ता उमाकान्त अधिकारीले प्रेस विज्ञप्तीमा उल्लेख गरेका छन्।

‘अत्यावश्यक सेवामा भने यो निर्णय लागू हुने छैन’ विज्ञप्तिमा लेखिएको छ ‘बिहीबारबाटै लागू हुने गरी काठमाडौं उपत्यका सहितका २ सयभन्दा बढी संक्रमित भएका जिल्लामा जोरविजोर प्रणाली लागू गर्ने पनि निर्णय गरिसकेको छ ।’

Insert your Ads code here

साथै बेलुका सात बजेदेखि विहान सात बनेसम्म पनि सवारी उपत्यका आउन रोक लगाइएको नागरिकन्यूज डटकमले जनाएको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!