Loading... आजः शनिबार , श्रावण १२, २०८१

कोरोना भाइरसको संक्रमणकाे आशंका गरिएका एकको मृत्यु !


कोरोना भाइरसको संक्रमणकाे आशंकामा रुपन्देहीकाे बुटवलस्थित कोरोना अस्पतालमा भर्ना भएका एक व्यक्तिको मृत्यु भएको छ।

कोरोना विशेष अस्पताल स्रोतका अनुसार क्यारेन्टाइनमा राखिएका सैनामैना नगरपालिका मुर्गियाका ३४ वर्षिया एक जनाको मृत्यु भएको हो। उनी १३ गते कोरोना विशेष अस्पताल बुटवल धागो कारखानामा भर्ना भएका थिए।

उनको स्वाब परीक्षणका लागि बिहान टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो। उनी चैत ८ गते वैदेशिक रोजगारीबाट नेपाल आएका थिए। उनी दुबईबाट नेपाल आएका थिए।

Insert your Ads code here

बिरामीकाे मृत्यु भएपछि अहिले अस्पताकाे बैठक बसेकाे छ। बैठकपछि थप जानकारी गराइने भएकाे छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!