Loading... आजः शनिबार , श्रावण १२, २०८१

कोरोना भाइरसलाई कुनै पनि हालतमा नेपालवाट हटाउन नेपाल नीति अध्ययन केन्द्रकाे सबैमा हार्दिक अनुरोध


कोरोना भाइरसलाई कुनै पनि हालतमा नेपालवाट हटाउन नेपाल नीति अध्ययन केन्द्रले सबैमा हार्दिक अनुरोध गर्दै दाेस्राे प्रेस विज्ञप्ति जारी गरेकाे छ ।

जि.प्र.का.द.नं.४१५÷२०७५–काठमाण्डौं

नेपाल नीति अध्ययन केन्द्र
काठमाडौं –१, नक्साल भगवती

Insert your Ads code here

मिति ः २०७७।०१।०९

प्रेस–विज्ञप्ति

विश्वमा दैनिक हजारांैको ज्यान लिइरहेको कोरोना भाइरसले नेपालमा पनि ल्याउन सक्ने भयावह स्थितीवाट बचाउने उदेश्यले नेपाल सरकारले गरिरहेको सहनिय प्रयासहरुमा अझ प्रभावकारी रुपमा कदमहरु चाल्न आवश्य देखिएको छ । संक्रमण निराकरणकोे साथै आर्थिक पुनस्र्थापनाको लागि रणनीतिहरु तयार गरी युद्धस्तरमा कार्य अगाडी बढाउन पनि उत्तिकै जरुरी छ ।
यिनका लागि, सबै खालका बिरामीहरुलाई सहज रुपमा सेवा उपलब्ध गराउ“दै कोरोना भाइरस बिरुद्ध लड्नको लागि आवश्यक औषधिमूलो र सामाग्री बिवाद रहित ढंगवाट यथासिघ्र आपूिर्त र बितरण गर्नुका साथै विश्व मापदण्ड अनुसार यसकोे परिक्षण र उपचारलाई राष्ट्रब्यापी बनाइनु पर्दछ । जनताका अत्यावस्यक कार्र्यमा सहयोग पु¥याउ“दै सामाजिक दुरीलाई कडाइकासाथ लागू गर्नुपर्ने देखिन्छ । देशका कुनाकन्दराहरुमा समेत कोरोना संंक्रमणको लक्षण भेटिएमा त्यस्तो ब्यक्ति र लसपसमा आएका ब्यक्तिहरुलाई तुरन्त छुट्टा–छुट्टै बस्न लगाई परिक्षणको लागि सम्बन्धित निकायहरुमा खबर गर्ने जिम्मा स्थानिय निकाय, हेल्थपोस्ट, स्कुल आदिका पदाधिकारीहरुलाइसमेत दिई सोको ब्यापक प्रचार–प्रसार गर्नुका साथै सुरक्षित रहेका स्थानहरुमा असुरक्षित ठाउ“का मानिसको आवत जावतमा कडाई गर्ने जस्ता भहष्त कतचबतभनथ बनाएर बिस्तारै यिअप मयधल खोल्न सकिनेछ भने खतरा रहेका ठाउ“हरुमा सामाजिक दुरी कायमै राख्नुुपर्ने देखिन्छ । अन्य देशहरुमा स्थिति नसुद्रिंदा सम्म अन्तर्राष्ट्रिय उडानहरुमा पनि कडाई गरिनु पर्दछ ।
त्यसैगरी, सिमानामा रोकिएका र सैयौं कि.मि.यात्रा गरी घर जान हिंडेका नेपालीहरु समुहमा रह“दा कोरोना फैलन सक्ने र ढिलो–चा“डो घर पुगी परिवार र छरछिमेकलाई सार्न सक्ने भएकाले उनिहरुलाई सिघ्र गन्तब्यमा ल्याई संक्रमित नभएको निश्चित भए घर पुग्ने, र सोही अनुसार, बिदेशमा अल्झिएका र स्वदेश फर्कन चाहनेलाई ल्याउने ब्यवस्था गर्नु पर्ने आवश्यकता देखिन्छ । कतिपय देशले आप्रबासी कामदारलाई फर्काउने सोच बनाउन थालेकाले त्यस स्थितिसंग जुध्न सरकार तयारी अवस्थामा नबसे मुलुकले अप्रत्यासित समस्या भोग्नपर्ने निश्चित छ । काठ चोरी कटानी, चोरी सिकारी, सीमा नाकाहरुवाट बिदेशीहरुको घुसपैठ जस्ता गतिबिधिहरुलाई कडाइकासाथ रोक्न आबश्यक छ । मजदुर, बाटोमा अल्झिएका, बिपन्न परिवार तथा आवश्यक अन्य नागरिकलाई सहज रुपमा राहत उपलब्ध गराउनको लागि सर्ब पक्षिय समितिहरु बनाई सबैले पाउने गरी निस्पक्ष रुपमा बितरणको ब्यवस्था मिलाउनु पर्दछ । दुध, तरकारी, फलफुल, अण्डा, माछा मासु, आदि जनताले उपभोग गर्न नपाई खेर गैरहेकाले सुरक्षाकर्मीसमेतको सहयोगमा सामाजिक दुरी कायम राखेर समय तोकी ब्यापारीहरुलाइ नै मूल्य नबढाइकन बिक्री गर्न दिंदा राम्रो हुने देखिन्छ । ब्यावशायिक रुपमा पालिएका कुखुरा, गाई भैंसी, आदिलाई सम्बन्धित ब्यवसायीबाट नै आहाराकोे ब्यबस्था गर्ने वातावरण मिलाइदिनु पर्दछ । बन्दकै कारणले धाराशायी हुनेगरी क्षती ब्यहोर्नु परेका उद्योगहरुलाई क्षतिपूर्ती र सुरक्षित रुपमा उद्योग संचालनको वातावरण बनाइदिन पनि जरुरी छ ।
यस विश्वघटनाले अब नेपालले कृषिका साथै अन्य बिकाश कार्यमा आत्मनिर्भरता तर्फ अगाडी बढ्नको लागि गहकिलो कदम चाल्नु पर्ने आवश्यकता औंल्याएको छ । देश बाहिर रहेका श्रमिकहरु फर्कनु पर्र्नाले चझष्ततबलअभ मा समेत ठुलो कमी आउने हु“दा आम्दानी र रोजगारी सिर्जनामा ब्यापक बृिद्ध गर्न अनावश्यक खर्च कटाई ठूलो लगानीको जोहो गर्न आवश्यकता छ । यो अवसरलाई चुनौतिको रुपमा लिई आर्थिक पुनस्र्थापना र संबृद्धिको लागि अल्पकालिन र दिर्घकालिन योजना बनाएर राष्ट्र निर्माणमा समर्पण हुनुपर्ने देखिन्छ । यस्तो प्रतिकुल अबस्थामा सबै बैंकहरुले पनि जनताको मर्का बुझी सहुलियत ब्याजदरमा ब्याज भुक्तानी र ऋण प्रवाहको ब्यवस्था गरी सहयोग पु¥याउनु पर्ने देखिन्छ ।
अन्तमा, सरकारले आफ्नो ज्यान सुरक्षाको वास्ता नगरी अहोरात्र नागरिकको सेवामा लागिरहेका सम्पुर्ण सेवाकर्मीहरुको उच्च सम्मान गर्दै जनता तथा विज्ञहरुलाई समेत सक्रिय रुपमा सहभागि गराई अझ कटिबद्ध भएर अघि बढ्न र जनताले पनि अझै धैर्यता राखेर सरकारलाई सक्रिय रुपमा साथ दिई यो कोरोना भाइरसलाई कुनै पनि हालतमा नेपालवाट हटाउन नेपाल नीति अध्ययन केन्द्र सबैमा हार्दिक अनुरोध गर्दछ ।
…………………………………..
महारथी प्यारजंग थापा (अ. प्रा.)
(अध्यक्ष)

 

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!