Loading... आजः शनिबार , चैत्र १, २०८१

कोरोना भाइरसले घटे नेपाल आउने चिनियाँ पर्यटक


चीनको वुहान सहरबाट फैलिएको कोराना भाइरसका कारण नेपाल आउने चिनियाँ पर्यटकको संख्यामा कमी आएको छ। गएको दुई दिनदेखि चीनबाट उडान भर्ने सिचुवान एयरलाइन्समा नेपाल आउने यात्रुको संख्या आधा कम भएको एयरलाइन्स स्रोतले जानकारी दिएको सेतोपाटी अनलाइनले लेखेको छ।

हप्ताको चारदिन काठमाडौं–ल्हासा–छङ्तुको उडान भर्ने सिचुवान एयरलाइन्सबाट अहिले ५० देखि ५५ जना यात्रु नेपाल आउने गरेका छन्। त्यसमा पनि २० देखि २५ जना मात्र चिनियाँ पर्यटक हुन्छन्। कोराना भाइरसकै कारण चीनबाट नेपाल आउने यात्रुमा कमी आएको हो। कोरोना भाइरस देखा पर्नुअघि सिचुवान एयरलाइन्सबाट मात्रै १ सय २५ यात्रु नेपाल आउने गरेका थिए। फर्कने यात्रुको संख्या पनि त्यति नै हुन्थ्यो। तर अहिले आउने र फर्कने यात्रुको संख्या आधा कम भएको छ।

गत बिहीबारदेखि चीनले वुहान सहरबाट नागरिकलाई बाहिर घुम्न जान प्रतिबन्ध लगाएको छ। उक्त सहरमा सार्वजनिक यातायात, रेलवे र हवाई सेवा समेत ठप्प छ।

Insert your Ads code here

नेपालमा भारतपछि धेरै पर्यटक आउने चीनबाटै हो। सन् २०१९ मा चीनबाट १ लाख ६८ हजार ५ सय ४३ पर्यटक नेपाल आएका थिए। त्यसमाथि पनि जनावरी र फ्रेबुअरी महिना चिनियाँ नयाँ वर्ष ‘नयाँ वर्ष’ पर्ने भएकाले सो अवधिमा बढी चिनियाँ पर्यटक नेपाल आउने गर्छन्। तर कोरोना भाइरसकै कारण नेपाल आउने चिनियाँ पर्यटकको संख्या ह्वात्तै घटेको पर्यटन व्यवसायी किशोर पाण्डेले बताउनुभयो। ‘भोलि मेरो ७० जनाको चिनियाँ टोली आउने थियो तर यसकै कारण रद्द भयो’ पाण्डेले भन्नुभयो, ‘गएको हप्तादेखि नेपाल आउने चिनियाँ पर्यटक एकदम कम छ।’

चिनियाँ नयाँ वर्ष ‘वसन्त चाड’ मा आफूले अरु बेला ७ सयसम्म चिनियाँ पर्यटक नेपाल ल्याउने गरेको सुनाउँदै पाण्डेले भन्नुभयो, ‘अब त बन्दै भयो, कहिले प्रतिबन्ध फुकुवा हुने हो, थाहा छैन।’

कोरोना भाइरस भित्रिन नदिन अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल भित्रिने यात्रुहरुको स्वास्थ्य जाँच गर्न थालिएको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!