Loading... आजः शनिबार , श्रावण १२, २०८१

कोरोना भाइरसविरुद्धको औषधि तयार पारेको नेपाली अनुसन्धाताको दावी


अहिले विश्वभर आतंक मच्चाइरहेको कोरोना भाइरसविरुद्ध नेपालमै औषधि बनाइएको दाबी गरिएको छ। हेटौंडामा रहेको वन-विज्ञान अध्ययन संस्थानका प्राध्यापक डा. ललितकुमार दासले विभिन्न जडीबुटीको सम्मिश्रणबाट आफूले कोरोना संक्रमण निको हुने औषधि बनाएको दाबी गरेको नेपालखबर अनलाइनले खबर लेखेको छ।

भारतको बनारस हिन्दू विश्वविद्यालयबाट फाइटो केमेस्ट्रीमा पीएचडी गरेका डा. दासले आफ्नो प्रयोगशालामा केही एन्टी-अक्सिडेन्ट याक्टिभिटी र इन्जिमेटिक याक्सन भएको प्लान्टबाट कोरोनाविरुद्धको औषधि बनाएको जानकारी दिनुभयो। आफूले कडा मिहिनेत गरेर झन्डै १ महिना लगाएर बनाएको उहाँको दाबी छ। तर त्यो औषधि कसरी कोरोनाविरुद्ध प्रभावकारी हुन्छ भन्ने परीक्षण हुनचाहिँ बाँकी छ।

यसको थप परीक्षण गर्ने स्रोत/साधन हेटौंडाको वन विज्ञान अध्ययन संस्थानमा नरहेकाले सहयोगका लागि डा. दासले सरोकारवालासमक्ष आह्वान गर्नुभयो। अध्ययन संस्थानका प्रमुख विजय यादवलगायत वैज्ञानिक र रसायन-विज्ञ बुधबार प्रयोगशाला पुगेर त्यो औषधि अवलोकन गरेका छन्। सरकार, विश्वविद्यालय तथा विश्व स्वास्थ्य संगठनजस्ता अधिकारिक निकायले आफूले बनाएको औषधिको आवश्यक परीक्षण गरे प्रभावकारी हुने उहाँको दाबी छ। तर यसरी बनाइएको सम्भावित औषधि प्रमाणित हुन निकै समय र प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ। २२ वर्षदेखि अनुसन्धान र अध्यापनमा संलग्न डा. दास बागमती प्रदेशको केमिकल सोसाइटीका उपाध्यक्ष पनि हुनुहुन्छ।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!