Loading... आजः बुधबार , फाल्गुन ७, २०८१

कोरोना भाइरससँग सम्बन्धित समस्या समाधानका लागि टेलिफोन सेन्टर


स्वास्थ्य मन्त्रालयले केही दिनयता कोरोना भाइरससँग सम्बन्धित समस्या समाधानका लागि कल सेन्टर सञ्चालनमा ल्याएको छ। स्वास्थ्य मन्त्रालयको आपतकालीन कार्यसञ्चालन केन्द्रमा दैनिक ७ सयभन्दा धेरै फोन आउँछन्।

सरकारले कल सेन्टरमा दुई जना कर्मचारी पनि खटाएको छ। तर सेन्टरका कर्मचारीको काम गुनासो सुन्नेमा मात्र सीमित छ। न त उनीहरूसँग जनताबाट आएका समस्या समाधानका उपाय छन्। न त कसैलाई निर्देशन दिन सक्ने अख्तियारी।

‘हाम्रो काम भनेको कोरोनाको लक्षण र त्यसबाट बच्ने उपाय सुझाउने मात्र हो’, कल सेन्टरमा खटिएका धनराज मिश्रले भन्नुभएको सेतोपाटीले लेखेको छ। सोमबार पनि कल सेन्टरमा कोरोनाको लक्षण र बच्ने उपायसँगै सबभन्दा धेरै स्वास्थ्यकै कर्मचारीहरूले फोन गरे। अधिकाशंले पिपिई नपाएको गुनासो गरे।

Insert your Ads code here

कल सेन्टरसँग कसैले कोरोनाका कारण बिरामी भएँ भनेर फोन गरे पनि खटाउन न त एम्बुलेन्स छ न त कुनै इमर्जेन्सी रेस्पोस्ट टोली। कल सेन्टरमा खटिएका कर्मचारीका अनुसार उनीहरूले नजिकैको अस्पताल जान वा एम्बुलेन्स उपलब्ध हुने नम्बरसम्म उपलब्ध गराउने गरेका छन्। मन्त्रालयमा दैनिक उपभोग्य सामान अभाव भएकोबारे पनि फोन आउने गरेको छ।

स्वास्थ्य मन्त्रालयले दैनिक कल सेन्टरमा आएका गुनासोको संख्या प्रेस ब्रिफिङमा सुनाउने गरेको छ। तर मन्त्रालयले कल सेन्टरमा आएका गुनासो अनुसार कारबाहीमा भने चासो देखाएको छैन।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!