Loading... आजः शनिबार , श्रावण १२, २०८१

कोरोना भाइरससित जुझ्न सिक्किम तयार रम्फू गेटबाट शुरु गऱ्यो सतर्कता जाँच


गान्तोक, 30 जनवरी। चीनबाट फैलिएको कोरोना भाइरसले विश्वलाई तर्साइ रहेको बेला भारतको हिमाली राज्य सिक्किमले पनि आफ्नो राज्यमा भाइरसको संक्रमण नहोस भन्ने दिशामा तीब्रतासित पहल शुरु गरेको छ। राज्य सरकारले सिक्किम प्रवेशको सबै नाकाहरूमा स्वस्थ्यकर्मी खटाएर कोरोना भाइरसको संक्रमणबाट कोही पिडीत भएमा चिन्हित गरेर छुट्टै व्यवस्थासित सुरक्षित उपचार गर्ने तथा राज्यमा यो भाइरस फैलिन नदिने पहल शुरु गरेको छ। सिक्किम के राजधानी गान्तोक र उत्तर जिल्ला प्रवेश गर्ने प्रमुख प्रवेश द्वार रम्फूमा हिजदेखि विशेष सतर्कता अवलम्बन गर्दै सबै वाहनहरू जाँच गरेर यात्रीहरूलाई कहाँबाट आएको अनि स्वास्थ्य कस्तो छ भन्ने विषयमा पूरा सोधपुछ गरिने कार्य स्वास्थ्यकर्मीहरूले गरिरहेको छ। रम्फू प्राथमीक स्वास्थ्य केन्द्रको तत्परतामा यहाँ स्वास्थ्यकर्मीहरूले विशेष जाँच गरिरहेका छन्। यसैगरि अर्कोतिर गौहाटी र लुधियानाबाट सिक्किममा आयत गरिने सुतीको धागोको आयतमा पूर्ण प्रतिबन्ध लगाउँदै अर्को आदेश जारी नभएसम्म कुनै सामान आयत नगर्ने अधिसूचना ग्रामीण विकास विभागले जारी गरेको छ।

नाकाहरूमा स्वास्थ्य जाँचको बारेमा बताउँदै रम्फू प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सक डॉ. मनोज मिश्रले सिक्किम बाहिर गएका मानिसहरू कहाँबाट आइरहेका छन् अनि यात्राको विस्तृत जानकारी र स्वास्थ्यबारे सोधखोज गरिन्दैछ। उनले यदी कसैलाई शंका लागेको खण्डमा तुरन्तै कार्वाही गर्दै राजधानीको प्रमुख अस्पताल एसटीएनएममा लगेर उपचार अनि जाँच प्रक्रिया थालिने बताए। एसटीएनएममा कोरोना भाइरसको संक्रमण हुने आशंकालाई ध्यानमा राख्दै अलग्गै कमरा र उपचार केन्द्रको व्यवस्था गरिएको उनले बताए। अर्कोतिर सिक्किममा कुनै संक्रमित व्यक्ति फेला परेमा उनीहरूको निम्ति सबै छुटटै व्यवस्था गरिएको तथा रक्त जाँचको निम्ति तुरन्तै भारतको पुनेमा स्थित भाइरोलोजी डिपार्टमेन्टमा पठाइने बताए। यद्यपी अहिलेसम्म ज्वरो नाप्ने थर्मल यन्त्र भने नभएको हुनाले जाँच सोधपुछ गरेरमात्र गरिरहेको तथा मानिसहरूलाई नअत्तालिउन भनेर यसप्रकारको अभ्यास थालेको उनी बताउँछन्। अहिले राज्य सरकारले कोरोना भाइरस हुन्छ भन्ने सम्भावनालाई ध्यानमा राखेर छुट्टै शौचालय, एम्बुलेन्स र मेडिकल सेवा उपलब्ध गराउने व्यवस्था गरिराखेको अनि हङकङ र चीनका मानिसहरूलाई सिक्किम प्रवेश गर्न पूर्ण निषेध गरिएको पनि जानकारी दिएका छन्। अर्कोतिर यो समाचार तयार पार्दा समेत भारतको केरलामा एउटा मामिला कोरोना भाइरसको देखा परिसकेको पत्र सूचना कार्यालयले जारी प्रेस बयानमा पुष्टि भइसकेको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!