Loading... आजः शनिबार , श्रावण १२, २०८१

कोरोना भाइरस विरूद्ध लड्न सिक्किम सरकारको 6 वटा विभाग सक्रिय


गान्तोक, 28 जनवरी। अहिले विश्वलाई त्रासित बनाउँदै आएको कोरोना भाइरस विरुद्ध लड्न सिक्किम राज्यका 6-वटा विभागहरू सक्रिय बनेका छन्। हुन त सिक्किमलाई यसले छुन धेरै समय लाग्ने तर नेपाल अन्तर्राष्ट्रिय सीमा नजिक भएकोले नेपालको बाटोहुँदै कोरोना भाइरस सिक्किम पस्छ भन्ने आशङ्कामा राज्य सरकारल सक्रिय बन्दैछ। चाइनाबाट शुरु भएको यस भाइरसले केही दिन भित्रमै विश्वका 16-वटा देशहरूलाई भेटिसकेको र अहिले आएर भारतमा पनि आउनसक्ने शङ्कामा विभाग सक्रिय बनेको स्वास्थ्य विभागका प्रधान सचिव के श्रीनिवासल्लूले जानकारी दिएका छन्। आज राज्यको टाशिलिङ सचिवालयमा सिक्किम सरकारका मुख्य सचिव एससी गुप्ताले राज्यका प्रमुख विभागहरू स्वास्थ्य विभाग, ग्रामीण प्रबन्धन विकास विभाग, यातायात विभाग, शहरी विकास एवं आवास विभाग, पशुपालन विभाग अनि पर्यटन विभागका विभागीय प्रमुखहरूसँग सभा बसेपछि लिइएको निर्णय पत्रकारहरूसँग राख्दै स्वास्थ्य विभागका प्रधान सचिव श्रीनिवासल्लूले कोरोना भाइरसको कुनै भेक्सिन नभएको जानकारी दिएका छन्। उनले सभामा उपस्थित सम्पूर्ण विभागका विभाग प्रमुखहरूले स्वास्थ्य विभाग अनि राज्यका विभिन्न विभागहरूले आफ्नो क्षेत्रबाट सहयोग पुऱ्याउने पनि जानकारी दिए।
यसरी नै स्वास्थ्य विभागका डाइरेक्टर जेनेरल तथा सचिव डा. पेम्पा भोटियाले हिजो सोमबरको दिन भीडीयो कन्फ्रेन्समार्फत केन्द्रीय स्वास्थ्य मन्त्रालयले दिएको निर्देशन अनुसार आज कोरोना भाइरस विषयमा सभाको आयोजन गरि राज्यका वासिन्दालाई सतर्क बनाउन सभाको आयोजन साथै पत्रकार सम्मेलनको आयोजन गरेको बताए। उनले यस्तो जटील भाइरससँग लड्नको निम्ति सोकेथाङस्थित नयाँ एसटीएनएम अस्पतालमा आईसोलेसन वार्ड राखिएको अनि कोरोना भाइरसद्वारा सङ्क्रमित मानिसहरूको आपतकालिन सेवाको निम्ति पुरानो एसटीएनएम अस्पतालको आपदकालिन प्रभागपछि रहेको 20 पलङधारी भवनको प्रयोग गिरिने पनि जानकारी दिए। उनले यो भाइरस सिक्किमको निम्ति नयाँ भएको बताउँदै तर यसको निम्ति विभाग पहिलेदेखि नै तयार रहेको पनि बताए। यसको आपतकालिन सेवाको निम्ति एम्बुलेन्स तयार गरिएको जानकारी दिए भने अन्य जिल्लाहरूको निम्ति पनि यस्तो प्रावधान गरिने बताए। यसरी नै उनले रम्फू, मल्ली जस्ता चेकपोस्टहरूमा यस रोगका केही लक्ष्यण देखिए चेकपोस्टमै यसको जाँच गरिने र उनीहरूको उचित उपचार गराइने जानकारी दिए।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!