नेपाल वायुसेवा निगमका २ जहाज चीनको क्वाङ्चौ आउँदै छन्। कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागि आवश्यक सामग्री लिन सरकारले जहाज पठाउन लागेको हो। नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राज कुमार क्षेत्रीले बिहीबार साँझ २ वटा जहाज चीन जाने बताउनुभएको नेपालखबर अनलाइनले जनाएको छ।
‘काठमाडौं–क्वाङ्चौ –काठमाडौं निगमका दुई उडान हुँदै छन्’, प्रवक्ता क्षेत्रीले भन्नुभयो, ‘एउटा साँझ पौने ६ को उडान रहेको छ भने अर्को ६ बजेर ०५ मिनेटमा उड्नेछ।’ क्षेत्रीका अनुसार ए ३३२ जहाजले उडान भर्दै छन्।
नेपाल वायुसेवा निगमकी प्रवक्ता अर्चना खड्काले स्वास्थ्य सामग्री लिन चार्टर्ड जहाज जान लागेको बताउनुभयो।
Insert your Ads code here
‘स्वास्थ्य सामग्री लिनको लागि चार्टर्ड जहाज जाँदै छ’, उहाँले भन्नुभयो, ‘यसअघि पनि निगमका दुई जहाजले चीनबाटै स्वास्थ्य सामग्री ल्याएका थिए।’
लकडाउनपछि निगमका पाँच जहाजले चार्टर्ड उडान भरिसकेका छन्। अष्ट्रेलिया, जापान र दिल्लीमा प्यासेन्जर चार्टर्ड उडान भएका थिए। चीनको क्वाङ्चौ मा यसअघि दुई र बिहीबार दुई गरी चार चार्टर्ड उडान पूरा हुँदै छ। चीन उडान भर्ने सबै जहाज स्वास्थ्य सामग्री लिनको लागि गएका हुन्।