Loading... आजः शनिबार , श्रावण १२, २०८१

कोरोना भाइरस संक्रमितका लागि भरतपुर अस्पतालमा आइसोलेसन वार्ड


चितवनको भरतपुर अस्पतालले कोरोना भाइरस संक्रमितको उपचार गर्न पाँच शैय्याको छुट्टै आइसोलेसन वार्ड बनाएको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीले अस्पतालको ‘ए’ब्लकको तेस्रो तलामा यस्तो वार्ड बनाइएको जानकारी दिनु भएको अनलाइन खबरले लेखेको छ। कोरोना भाइरसको संक्रमण देखिए वा आशंका लागेका बिरामीहरुलाई यहीँ राखेर उपचार गरिने डा. तिवारीले बताउनुभयो।

यसका लागि अस्पतालले शंकास्पद बिरामीको जाँच गर्न कन्सलटेन्ट फिजिसियन डा. प्रमोद पौडेल र डा. कल्याण सापकोटालाई फोकल पर्सन तोकेको छ। भरतपुर अस्पतालले कोरोना भाइरसको सम्भावित संक्रमण रोक्न पाँचबुँदे निर्णय पनि गरेको छ। भाइरसको संक्रमण भएका बिरामीहरुको घाँटीबाट र्‍यालको नमूना निकाली राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइने अस्पतालले जनाएको छ। साथै, भाइरसका बारेमा विभिन्न जनचेतनामूलक कार्यक्रम पनि गरिने मेडिकल सुपरिटेन्डेन्ट डा. तिवारीले बताउनुभयो।

यसैबीच, भरतपुर विमानस्थलमा आउने यात्रुहरुलाई कोरोना भाइरसको संक्रमण भए-नभएको बारेमा जाँच गर्न हेल्प डेस्क राख्ने तयारी गरिएको छ। विमानस्थल प्रमुख पवन गौतमले आइतबारबाट भरतपुर महानगरपालिकाको समन्वयमा हेल्थ डेस्क खडा गरिने जानकारी दिनुभयो।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!