Loading... आजः शनिबार , श्रावण १२, २०८१

कोरोना भाइरस : सुरूमा ज्वरो त्यसपछि सुख्खा खोकी


फाइल तस्बिर

कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि चीनसहितका तेश्रो देशबाट नेपाल भित्रिने मानिसहरू बाहेक देशभित्रै पनि देखा पर्नसक्ने शङ्कास्पद घटनाहरूबारे निगरानी बढाउने निर्णय भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

अधिकारीहरूले कोभिड -१९ सङ्क्रमणसँग मिल्दाजुल्दा सङ्केतहरू मानिसहरूमा देखिए, त्यसबारे अध्ययन अघि बढाउन जाँचहरू गर्ने भन्नेबारे बुधवार बसेको प्राविधिक समितिको बैठकमा छलफल भएको हो। चीनबाट सुरू भएको कोरोना भाइरसको सङ्क्रमण ८० हजार भन्दा बढी मानिसमा देखा परेको छ र ३० भन्दा बढी देशमा अहिले फैलिसकेको छ। अधिकांश सङ्क्रमण र मृत्यु चीनमा भएपनि पछिल्ला दिनमा दक्षिण कोरिया, इटली र इरानले उक्त भाइरसलाई नियन्त्रण गर्न संघर्ष गरिरहेका छन्।

Insert your Ads code here

यता विश्व स्वास्थ्य सङ्गठन “डब्लुएचओ”ले चीनबाहिर बढेको कोरोना भाइरसको सङ्क्रमणको तहलाई चिन्ताजनक बताइरहँदा सरूवा रोग नियन्त्रण सम्बन्धी अमेरिकी निकाय सेन्टर फर डिजीज कन्ट्रोलले अमेरिकामा कोरोनाको सङ्क्रमण वृद्धि अवश्यम्भावी भएको चेतावनी दिएको नेपाल बहसले लेखेको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!