Loading... आजः शनिबार , श्रावण १२, २०८१

कोरोना महामारीका कारण नेपालमा युवा बेरोजगारी दर दोब्बर बढी हुने


कोरोना भाइरसले निम्त्याएको संकटका कारण नेपालमा युवा बेरोजगारी दर दोब्बर बढी हुने एउटा अन्तर्राष्ट्रिय अध्ययनले देखाएको छ। अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) र एशियाली विकास ब्यांक (एडीबी) ले संयुक्त रुपमा सार्वजनिक गरेको ‘कोभिड–१९ का कारण एशिया–प्रशान्त क्षेत्रको युवा रोजगारीमा परेको संकट’ अध्ययन प्रतिवेदनले सन् २०२० मा नेपालमा युवा बेरोजगारी दर ६.१ प्रतिशतसम्म पुग्ने देखाएको हो।

प्रतिवेदनले कोरोना भाइरसको संक्रमण रोकथामको अवधि ३ महीना मान्दा युवा बेरोजगारी दर ४.८ प्रतिशत र ६ महिना मान्दा युवा बेरोजगारी दर ६.१ प्रतिशत पुग्ने देखाएको हो। सन् २०१९ मा नेपालमा युवा बेरोजगारी दर २.३ प्रतिशत थियो। यसको अर्थ, कोरोना भाइरस महामारी पछि युवा बेरोजगारी दर दोब्बर भन्दा धेरैले बढ्ने आंकलन गरिएको छ। प्रतिवेदनले १ लाख ८६ हजारसम्म नेपाली युवाले रोजगारी गुमाउने आंकलन गरेको छ।

हिमालखर अनलाइनका अनुसार प्रतिवेदनले नेपाली युवाले रोजगारी गुमाउने मध्ये सबैभन्दा धेरै निर्माण क्षेत्रका २१.७ प्रतिशत रहने उल्लेख गरेको छ। कुल रोजगारी गुम्ने क्षेत्र मध्ये तीन चौथाई कृषि, खुद्रा व्यापार, होटल तथा रेस्टुरेन्ट, सामाजिक र व्यक्तिगत सेवा तथा कपडा गरी ६ क्षेत्रका कामदार हुने प्रतिवेदनमा उल्लेख छ। कोरोना भाइरसको संकटसँग जुध्न लगाइएको बन्दाबन्दीका कारण वयस्कका तुलनामा युवा (१५–२४ वर्ष) ले रोजगारीको अवसर द्रुत गतिमा गुमाउने पनि प्रतिवेदनले उल्लेख गरेको छ।

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!