Loading... आजः शनिबार , श्रावण १२, २०८१

कोरोना योद्धाहरूको निम्ति खाजा, चियाको सेवा लिएर अघि आयो डेञ्जोङ रुट्स


गान्तोक, 21 अप्रेल। कोविड-19को विश्वमहामारीबाट जनतालाई बचाउन कोरोना योद्धाकोरूपमा खटिरहेका स्वास्थ्य कर्मी, पुलिस प्रशासन, मिडियाकर्मीको आवश्यकतालाई ध्यानमा राख्दै डेञ्जोङ रुट नामक युवा उद्यमीहरूको सराहनीय पहल शुरु भएको छ। मोबाइल किचनको रूपमा डेञ्जोङ रूटले गान्तोक वरिपरी खट्ने कोरोना योद्धाहरूको निम्ति खाजा चिया र खानाको व्यवस्था गर्ने जिम्मेवारी उठाएको छ। हिजो सोमबारदेखि शुरु गरिएको यो सेवा अहिले राजधानीको सदर थाना, टाइटेनिक, लालबजार, देउराली, तादोङ र मणिपालसम्म खट्नेहरूको निम्ति सेवा चलाइरहेको डेञ्जोङ रूटका एकजना सदस्य रिञ्जिङ वाङ्गेल भोटियाले बताए। विशेष गरेर दिनको समयमा विभिन्न संघ संस्थाहरूले चिया खाजाको व्यवस्था गरिरहेको भएपनि साँझदेखि उसो बेलुकी खट्नेहरूलाई खाना र पिउने चियाको समेत समस्या देखेपछि आफूहरूले बेलुकीको खाना चिया दिने निधो गरेको बताए।

पर्यटकीयो मौसममा पर्टकको भीडभाड रहने ठाउँहरूको निम्ति भनेर मोबाइल किचनकोरुपमा व्यवसाय शुरु गर्ने उद्देश्यले कार्य थालेको भएपनि कोविड-19को संक्रमणपछि भने स्थिति सामान्य नभएसम्म व्यापार शुरु नगरेपनि सेवाकोरूपमा यो काम गर्ने उनले बताए। यसको निम्ति कुनै संघ संस्थान नभएर पारिवारिक सहयोगमा काम भइरहेको अनि लकडाउन नखोलिएसम्म आफूहरूको सेवा जारी राख्ने र राजधानीदेखि रानीपूलसम्मको सेवा सञ्चालन गर्ने सम्भावना रहेको बताए।

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!