Loading... आजः शनिबार , श्रावण १२, २०८१

कोरोना रोक्न दार्जीलिङ, कालेबुङले पनि बन्द गऱ्यो सबै पर्यटकहरूको आगमन


दार्जीलिङ, 18 मार्च। सिक्किमपछि दार्जीलिङ कालेबुङले पनि सेल्फ कोराइण्टाइनको स्थितिमा आफूलाई राख्ने निर्णय गरेको छ। गोर्खा ल्याण्ड क्षेत्रीय प्रसाशनले आज एउटा आदेश जारी गर्दै क्षेत्रमा पर्यटकहरूको आगमनलाई रोक लागएको छ।

जीटीए अध्यक्ष अनित थापासितको बैठकपछि वैश्विक स्तरमा चलिरहेको कोरोनाको चपेटलाई सबै पर्यटन हितधारकहरूलाई तुरन्तै होटल र होमस्टेहरूमा बुकिङ बन्द गर्नुपर्ने अनि नयाँ पर्यटकहरूलाई आवत जावतमा रोक लगाउनुपर्ने आदेश दिएको छ।

पर्यटकहरूलाई अब उसो यात्रा रद्द गरेको शुल्क नलिन पनि आदेश दिएको छ। यसैगरी ट्याक्सी मालिक र सेण्डिगेटहरूले पनि जीटीए क्षेत्रभरि पर्यटक बोकेर नहिँड्ने आदेशमा बताइएको छ। जतिसक्दै पर्यटकहरूलाई घुम्ने मिति फेर्ने अनुरोध गर्नुपर्ने अनि आवश्यक काम बाहेक जीटीए क्षेत्रका मानिसहरूले पनि बाहिर यात्रा गर्न नदिने आदेशमा भनिएको छ।

10 भन्दा धेरै मानिसहरूको भीड जम्मा हुने कार्यहरू नगर्ने रेष्टोरेण्ट र खानेकुराको पसलहरूमा स्वच्छता अवलम्बन गर्नुपर्ने अनि छुट्टीमा रहेका विद्यार्थीहरूलाई अभिभावकहरूले समयको सदुपयोग गर्दै अनलाईन शिक्षा नयाँचासो र अतिरिक्त क्रियाकलाप गर्न लगाउने साथै साफ सफाईमा जागरुक गराउनुपर्ने बताएको छ।

अभियान्त्रिकी विभागले जागरुकताको काम गर्ने जीटीए क्षेत्र र चियाबारी, सिन्कोना क्षेत्रको निम्ति विशेष जागरुकता कार्यक्रम आयोजन गरिने जीटीए क्षेत्र बाहिरका ब्यापारीहरूलाई पनि अस्थायी रूपमा हाट बजार लगाउनेहरूलाई पनि प्रतिबन्द लगाउने निर्णय लिएको छ। यसरी नै राजनीतिक र सामाजिक संस्थाहरूले भीड भाडहुने कार्यक्रमहरू नगरिदिने अपील गरेको छ भने निजी सामुदायिक भवन र निजी क्लबहरूलाई पनि कार्यक्रमहरूको निम्ति बन्द गर्ने आदेशमा उल्लेख गरिएको छ। यसैगरी खरसाङ, दार्जीलिङ र मिरिकमा आइसोलेसन वार्ड स्थापित गरिएको बताइएको छ।

उल्लेखनीय छ, गत सप्ताह देखि नै सिक्किमले कोरोनाबाट बाँच्नको निम्ति सेल्फ कोरोण्टाइन गरिसकेको छ भने पाँचवटा नाका मध्ये तीनवटा नाका बन्द गरेर दक्षिण पश्चिमको निम्ति मल्ली र पूर्व उत्तर जिल्लाको निम्ति रम्फू नाकामात्र खुल्ला राखेर राज्यभित्र आउने सबैको परिचय पत्र जाँच गर्दै प्रवेश गर्न नियन्त्रित ढङ्गमा पहल शुरु गराएको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!