Loading... आजः शनिबार , श्रावण १२, २०८१

कोरोना विरुद्धको चिनियाँ कार्यलाई नेपाली जनताद्वारा समर्थन गर्दै हस्ताक्षर संकलन


कोरोना भाइरसविरुद्ध लडिरहेको छिमेकी चीनलाई नेपाली नागरिकहरुको तर्फबाट ‘हामी साथमा छौं’भन्ने ब्यानरसहित संकलित हस्ताक्षर बुझाइएको छ। नेकपा नेताहरुको अगुवाइमा काठमाडौंस्थित चिनियाँ राजदूतावासमा हस्ताक्षर बुझाइएको अनलाइन खबरले लेखेको छ।

नेपाल चीन हिमालय मैत्री समाज र फाउण्डेशन फर ट्रान्स हिमालयन रिसर्च एण्ड स्टडिजको तर्फबाट संकलित २१ सय नेपालीको हस्ताक्षर पूर्वमन्त्री आनन्द पोखरेलले चिनियाँ राजदूत होउ यान्छीलाई हस्तान्तरण गर्नुभयो।

नेकपा नेताहरु पोखरेल तथा राजेन्द्र गौतम सहितको टोलीले दूतावास पुगेर कोरोना भाइरस विरुद्धको लडाइँ चीनको मात्र नभएर सिंगो विश्वको चुनौति भएकाले नेपाली जनताको तर्फबाट ऐक्यबद्धता जनाउनु भएको छ। हस्ताक्षर बुझ्दै चिनियाँ राजदूत हौ यान्छीले संकटको बेला नेपालीले चिनियाँ जनताप्रति देखाएको सदभावप्रति आभार व्यक्त गर्नु भयो।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!