Loading... आजः शनिबार , श्रावण १२, २०८१

कोरोना विरूद्ध पूर्वतयारी तीव्र पार्न विज्ञहरूको सुझाव


खुल्ला सिमानाका कारण नेपाल कोरोना भाइरसको उच्च जोखिममा रहेकाले तीन वटै तहका सरकारले पूर्वतयारी थाल्नुपर्ने विज्ञहरूले सुझाव दिएका छन् । हाइड्रोपावर लगायतका योजनामा चीन र भारतका कामदार आवतजावत हुने भएकाले पनि उच्च सतर्कता जरुरी रहेको उनीहरूको भनाइ समेट्दै कान्तिपुर अनलाइनले लेखेको छ ।

‘कोरोनाको उद्गमस्थल चीन भएको र भारतलगायत देशमा फैलिसकेकाले नेपाल उच्च जोखिममा परिसक्यो,’ पूर्वसचिव शान्तराज सुवेदीले भन्नुभयो, ‘संघीय सरकारले निगरानी गर्ने, प्रदेशले आइसोलेसन/क्वारेन्टाइनलगायतको पूर्वतयारी थाल्ने र स्थानीय तहले चेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिनुपर्छ ।’

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता डा. अनुप बाँस्तोलाका अनुसार बुधबारसम्ममा २७ जना आइसोलेसन वार्डमा भर्ना भएका छन् । जसमध्ये एक जनामा मात्र कोरोना भाइरसको संक्रमण देखिएको र उपचारपछि डिस्चार्ज भइसकेका छन् । नेपालमा कोरोना भाइरस नफैलिए पनि उच्च जोखिममा रहेको उहाँले बताउनुभयो।

काठमाडौं महानगरपालिकामा तीन साता अघिदेखि विज्ञसहित जनप्रतिनिधि, विभागीय प्रमुख, कर्मचारी, स्वास्थ्य स्वयंसेविकाको भेला गरेर चेतनामूलक कार्यक्रम थालिएको छ । कोरोना भाइरस, डेंगुबारे बच्ने उपायसहित पर्चा/पम्प्लेट वितरण गर्ने, महिला स्वास्थ्य स्वयंसेविकालाई घरघरमा खटाउने गरिएको जनस्वास्थ्य महाशाखाका हेल्थ असिस्टेन्ट ऋषि भुसालले बताउनुभयो।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!