Loading... आजः शनिबार , श्रावण १२, २०८१

कोरोना संक्रमण बड्नुको पछि प्रशासनीक र सरकारको कमजोर नीति दायी छ मुख्य सचिव र जिल्लापालले स्पष्टिकरण दिनुपर्छः एसडीएफ


गान्तोक, 16 जुलाईः सिक्किममा कोरोना सङ्क्रमणका मामिला द्रूत गतिमा फैलिनुको पछि पूर्व जिल्लाका जिल्लापाल, मुख्य सचिव र मुख्यमन्त्री दोषी रहेको एसडीएफ पार्टीले आरोप लगाएको छ। कोरोना सङ्क्रमण गम्भीर विषय हुँदा हुँदै पनि यसलाई सरकार र प्रशासनिक पक्षबाट गम्भीरतापूर्वक निलिएकाले गर्दा नै यो सामुदायिक स्तरमा फैलिन शुरु भएको एसडीएफको आरोप छ। राज्यको प्रमुख विपक्षी एसडीएफ पार्टीमा प्रवक्ता एमके सुब्बाले बिहीवार इन्दिरा बाइपास स्थित पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै कोभिड सङ्क्रमण सामुदायिक स्तरमा पुगिसकेको र राज्यमा यो अवस्था सिर्जना हुनुको पछि कम्जोर प्रशासन रहेको आरोेप लगाए। पूर्व जिल्लाका जिल्लापाल राज यादव यसमा मुख्य दोषि रहेको जिल्लापालले रङ्गेलीमा रहेको ग्रेफको ट्रान्जिट क्याम्पलाई क्वारेन्टाइन सेन्टर घोषित गरेर त्यहाँ कोभिड 19 को प्रोटोकोल लागू गराउन नसकेकाले गर्दा राज्यमा यो सङ्क्रमण नियन्त्रण बाहिर गएको दावी गरेर।
उनले पत्रकारहरूलाई सम्बोधन गर्दै भने, कोभिड सङ्क्रमण बच्न गरिनु पर्ने सुरक्षा सम्बन्धमा एसडीएफ पार्टीले यसको शुरुआत देखि नै राज्य सरकारलाई सचेत गराएको थियो। सिक्किममा कोभिड टेस्टिङ लेब हुनुपर्छ, प्रवेश द्वारमा नै सबैको जाँच हुनुपर्छ, सिक्किमका सबै नागरिकहरूको कोरोना टेस्ट हुनुपर्छ, सबै क्वारेन्टाइन सेन्टरलाई कन्टेनमेन्ट जोन बनाउनुपर्छ भनेर लगातार सरकारलाई सुझाउ एसडीएफ पार्टीले दिएको थियो। तर यी सम्पूर्ण विषयमा सरकारले खेलाँची गरेका कारण नै सिक्किम आजको स्थितिमा पुगेको छ। राजस्थानको कोटाबाट ल्याइएका मानिसहरू र मल्लीबाट गौरी शंकरको परिवार सिक्किममा प्रवेश गरेका घटनालाई ढाक छोप गरेको र ग्रेफका कर्मचारीको प्रवेशलाई पनि यसरी नै ढाक छोप गर्ने प्रयासले गर्दा सङ्क्रमण बढेर गएको सुब्बाले बताए।
रङ्गेलीमा रहेको ग्रेफको ट्रान्जिट क्याम्पलाई क्वारेन्टाइनमा परिणत गरेर यसको सबै प्रोटोकोल पालन गर्न नलगाउनु पूर्व जिल्लाका जिल्लापालको कमजोरी हो भन्दै उनले यस विषयमा जिल्लापालले सिक्किमली जनतालाई स्पष्टिकरण दिनुपर्ने माग गरे। अर्कोतर्फ सिक्किम सरकार र मुख्यमन्त्री सिक्किमको कोभिड टेस्टिङ लेब स्थापना गर्ने पक्षमा थिएनन् भन्ने पनि आरोप लगाए। उनले भने, सरकार त सिक्किममा टेस्टिङ लेब स्थापना गर्ने पक्षमा थिएन, सिलगढ़ीमा हुनुपर्छ भन्दै थियो तर हाम्रो र जनताको दाबाबले मात्रै लेब पनि एसटीएनएम अस्पतालमा स्थापना भएको हो। सिक्किममा एउटा मात्र लेबले काम हुँदैन भन्ने सबैलाई थाहा छ। मणिपाल अस्पतालमा कोभिड 19 टेस्टिङ लेबको एप्रुभल अप्रेल महिनादेखि वेटिङमा छ। यो विषयमा सिक्किम सरकारले चाँडै आईसीएमआर सित कुरा गरेर आरटीपीसीआर टेस्टिङ क्षमता मणिपालमा पनि शुरु गराउनुपर्छ। उनले सिक्किममा कोरोनाको टेस्ट सबैका लागि निःशुल्क पुनुपर्ने माग गरे। यो अवस्थामा कोही पनि मानिसहरूसित पैसा तिरेर कोरोना टेस्ट गराउने क्षमता नभएकाले गर्दा भारतीय नागरिकको जाँच सिक्किमको लेबमा पनि निःशुल्क हुनुपर्छ भने।
एसडीएफ प्रवक्ता एमके सुब्बाले हालै सत्तारूढ़ एसकेएम पार्टीले आयोजन गरेका राजनीतिक सभाले शोसियल डिस्टेन्सिङ नीयमको धजिया उढ़ाएको आरोप लगाए। उनले भने सरकार चलाउने पार्टीले आफ्नै सरकारले बनाएको नीयम र निकालेका सूचनाहरूको उल्ङ्घन गरेको छ। शत्तापक्षले राजनीतिक कार्यक्रम यो महामारीमा आयोजना गरेर किन नीयम भङ्ग गर्योी यसको जबाफ जनतालाई दिनुपर्छ। जनसभा गर्दा कोभिडको डर थिएन भने किन आज डराएर मन्त्री र मुख्यमन्त्रीको पनि कोरोना टेस्ट गर्ने काम हुँदैछ? हामीले सरकार सबै पक्षमा फेल छ भनेन अघिबाटै भनि सकेका छौं। विपक्षी र जनताले सरकारका नीयम र कानूललाई मानि रहेका छन् तर सरकार पक्षले नै कानून मानेको छैन्। पूर्व मुख्यमन्त्रीलाई कानून देखाएर रोकिन्छ तर गौरी शंकर र ग्रेफलाई रोकिँदैन्, के नीयम विपक्षी र जनतालाई मात्र लाग्ने हो? उनले प्रश्न गरे।
कन्टेन्मेनट जोन घोषित भएका ठाउँंमा नागरिकहरूलाई सुविधा दिन सरकारले आवश्यकीय सामाग्रीको होम डेलिभरी गराउनुपर्ने पनि माग गरे। अर्कोतर्फ कोभिडसित लड्ने सिक्किम सरकारसितै कुनै योजना नै नरहेको आरोप लगाउँदै एसडीएफ प्रवक्ता एमके सुब्बाले सिक्किम सरकार योजना नभएकोले गर्दा थाकेको अवस्थामा रहेको र सहयोगका लागि दिल्ली तिर नै हेरिरहेको छ भने। उनले भने, सिक्किममा यो भन्दा खतरा हुने ठाउँ छैन, सरकारले जनतालाई बचाउन जम्मै शक्ति लगाउन पर्छ। आफैं मात्र सक्दैन भने डब्ल्यूएचओको पनि सहयोग लिनुपर्छ।
एसडीएफ सरकारको कार्यकालमा 2011 को भूइँचालो र गोर्खाल्याण्ड आन्दोलनको समयमा भएको 100 दिन भन्दा अधिकको बन्दको समयमा पनि जनताले अहिले जस्तो दुःख पाएका थिएनन् भन्ने दावी गर्दै एसडीएफ प्रवक्ताले वर्तमान सरकारलाई पूर्व सरकारबाट प्रेरणा लिएर सरकार चलाउने सुझाउ दिए। यसरी नै आजको पत्रकार सम्मेलन मार्फत पार्टीले उठाएका सबै मुद्दाहरूको जबाफ एसकेएम पार्टीले होइन तर मुख्य सचिव र पूर्व जिल्लाका जिल्लापालले दिनुपर्ने उनले माग गरे।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!