Loading... आजः शनिबार , चैत्र १, २०८१

कोरोना संक्रमण रोक्न कामनपाले ट्याङकरले कीटनासक छर्कँदै


काठमाडौं महानगर पालिकाले सार्वजनिक स्थललाई कीटाणुमुक्त बनाउन शहरका विभिन्न स्थानमा कीटनाशक औषधि छर्किने कामलाई तीब्र बनाएको छ। यस क्रममा बुधबार महानगरको एउटा टोलीले बबरमहल, बनेश्वर तीनकुने र सिनामङ्ल क्षेत्रमा औषधि छरेको थियो भने अर्को टोलीले जमल, लाजिम्पाट र पानीपोखरीहुँदै महाराजगञ्ज् क्षेत्रसम्म पुगेको र अर्को टोलीलाई बसन्तपुर आसपास क्षेत्रमा केन्द्रीत गरिएको काठमाडौं महानगरपालिकाले जनाएको गोरखापत्र अनलाइनले लेखेको छ।

नगर प्रहरी महाशाखा प्रमुख नगर प्रहरी नायव उपरीक्षक धनपति सापकोटाका अनुसार बुधबार दिउँसोबाट महानगरका उपकरणसहित निजी क्षेत्रले सञ्चालनमा ल्याएका ट्याङ्कर परिचालन गरिनेछन्। ४० हजार लिटर पानीमा १४० लिटर क्लोरिन राखेर सार्वजनिक स्थलमा छर्किने आजको योजना रहेको नायव उपरीक्षक सापकोटाको भनाइ छ।

बाक्लो बस्ती भएका क्षेत्र, अत्यावश्यक सामाग्री लिन चहलपहल धेरै हुने र अस्पताल क्षेत्रलाई प्राथमिकतामा राखेर सकेसम्म सेवालाई सहरभरि पु¥याउने रणनीतिका आधारमा काम भइरहेको उहाँको भनाइ छ।

Insert your Ads code here

मंगलबार वीर अस्पताल, टेकु अस्पतालसहित भित्रि सहरका असन, इन्द्रचोकसँगै कालीमाटी तरकारी बजारलगायतका स्थानमा कीटाणुशोधन/निस्संक्रामक औषधी छर्किएको थियो। यससँगै बु्रमरको प्रयोगले सडक सफा गर्ने र पानीले पखाल्ने काम पनि भइरहेको महानगरपालिकाले जनाएको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!