Loading... आजः शनिबार , श्रावण १२, २०८१

कोरोना संक्रमितको उपचार गर्ने अस्पतालले नेपाल सरकारबाट अनुदान पाउने


नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शंकास्पद तथा कोरोना संक्रमित व्यक्तिको उपचारवापत प्रतिव्यक्ति दैनिक दुई सयदेखि १५ हजार रुपैयाँसम्म अनुदान रकम सम्वन्धित संस्थालाई उपलब्ध गराउने तयारी थालेको छ। जोखिम मोलेर फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी तथा अस्पताललाई प्रोत्साहित गर्न मन्त्रालयले यस्तो तयारी थालेको अनलाइन खबरले लेखेको छ।

सामान्य र लक्षण नदेखिएका तर आइसोलेसन सेन्टरमा रहेका संक्रमितहरुको उपचारमा दुई हजार र मध्यम अवस्थामा रहेका संक्रमितको उपचारका लागि प्रतिबिरामी दैनिक सात हजार रुपैयाँ अनुदान रकम सम्वन्धित अस्पताललाई उपलब्ध गराउने मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयले मन्त्रिपरिषदमा गरेको प्रस्ताव अनुसार गम्भीर प्रकृतिका संक्रमितको उपचारका लागि सम्वन्धित संस्थालाई प्रतिव्यक्ति दैनिक १५ हजार रुपैंयाँ उपलब्ध गराइने छ। सामान्य र लक्षण नदेखिएका होम क्वारेन्टाइनमा बस्दै आएकाहरुको उपचारमा दुई सय रुपैयाँ उपलब्ध गराउने तयारी छ।

Insert your Ads code here

सो रकम खर्चको आधारमा सम्वन्धित संस्थालाई उपलब्ध दिने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रस्ताव मन्त्रिपरिषदमा लगेको छ। स्वास्थ्य मन्त्रालय नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. गुणराज लोहनीले खर्च व्यवस्थापनको निर्णय मन्त्रिपरिषद्ले गर्ने बताउनुभयो। उहाँले भन्नुभयो, ‘हामीले प्रस्ताव गरेको रकम खर्चका आधारमा सम्वन्धित संस्थालाई उपलब्ध गराइन्छ।’

उहाँले पहिलो प्राथमिकतामा ज्वरो, खोकी आएका, ट्राभल हिस्ट्री रहेका र फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीहरु पर्ने बताउनुभयो।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!