Loading... आजः शुक्रबार , श्रावण ११, २०८१

कोरोना संक्रमित नेपाल सहित ९ देशका बिरामी अस्पतालबाट फिर्ता


नोवेल कोरोना (कोभिड-१९) भाइरसको संकेत देखिएका नेपालसहित नौ देशका विरामी स्वास्थ्य लाभ गरेर घर फर्किएका छन् । नेपाल, श्रीलंका, फिनल्याण्ड, इजिप्ट, कम्बोडिया र बेल्जियममा एक/ एक जनामा कोभिड-१९ को संकेत देखा परेको थियो । यस्तै, भारतमा तीन तथा स्पेन र रसियामा दुई/दुई जनामा कोभिड-१९ को लक्षण देखिएको थियो । शुक्रबार विहानसम्म यी ९ वटै देशका सबै बिरामी घर फर्किसकेका छन् ।

यसैबीच विश्वको ध्यान तानेको कोरोना भाइरसको उपचार अझै पत्ता लागिसकेको छैन । कोभिड-१९ विरुद्धको भ्याक्सिन पत्ता लगाउन विभिन्न पहल भइरहेका छन् ।

अक्सफोर्ड युनिभर्सिटीका वैज्ञानिकहरुले भने केही महिनाभित्र कोभिड-१९ विरुद्धको भ्याक्सिन उपलब्ध हुन सक्ने दाबी गरेका छन् । प्रोफेसर सराह गिलबर्ट नेतृत्वको टिमले कोभिड -२०१९ लाई थप फैलिनबाट रोक्न भ्याक्सिनको विकास अन्तिम चरणमा पुर्‍याएको हो।

Insert your Ads code here

सुरुमा ट्रायलका लागि एक हजार डोज उत्पादन गरिने उनीहरुले बताएका छन्। यसअघि विश्व स्वास्थ्य संगठन (डब्लुएचओले) यस्तो भ्याक्सिन विकास हुन १८ महिना लाग्ने अनुमान गरेको थियो । यही टिमले कोरोना भाइरससँगै सम्बन्धी ‘मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम’ विरुद्धको खोपमा पनि काम गरिरहेको छ । प्रोफेसर गिलबर्टका अनुसार विकास भइरहेको भ्याक्सिनको नाम ChAdOx1 nCoV-19 हो।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!