Loading... आजः शनिबार , श्रावण १२, २०८१

कोविड-19 को प्रकोपले सखाप पर्यटन व्यावसाय हितधारकहरूको चिन्ता वैकल्पिक सम्भावना खोज्दै


गान्तोक, 2 मई। हिमाली राज्य सिक्किमको मुख्य स्वरोजगारको रूपमा स्थापित बन्ने प्रक्रियामा पुगिसकेको पर्यटन व्यावसाय अहिले विश्व महामारी कोविड 19 को कारण धरापमा परेको छ। पर्यटनमै भर परेर जिवीकोपार्जन गर्न हितधारकहरूलाई कोविड 19 को महामारीले ठूले चिन्ता निम्त्याएको छ। पश्चिम सिक्किमको भारत-नेपाल सीमाको उत्तरे गाउँ जहाँबाट सिंहलिला पर्यटन क्षेत्रलाई हालैको समयमा पर्यटन निम्त्याउने माध्यमको रूपमा प्रचार प्रसारमा ल्याउने काम भइरहेको थियो तर यसपाली कोविड 19 को कारण पर्यटन ठप्प बन्न गएको छ। सिक्किम युनाइटेड टुरिजम अर्गनाइजेशन (सुटो) का महासचिव तथा उत्तरे गाउँका स्थापित पर्यटन हितधारक लालहाङ सुब्बाले भने, यहाँ पर्यटनमा 80 प्रतिशत मानिसहरू निर्भर रहेको छ। सिंहलीला ट्रेकिङमा मुख्य निर्भर रहेको घरेलु पर्यटकहरूको निम्ति धेरै राम्रो सम्भावना रहेको छ भने पर्यटकीय मौसममा 80 प्रतिशत मानिसहरूले यसबाट लाभ लिने र निर्भर हुने गर्थ्यो जो विश्व महामारीको कारण अहिले भरिया, कुक, गाइड र पर्यटन हितधारकको रूपमा सहभागी मानिसहरू बेरोजगार बनेका छन्। यसमा प्रतिक्षा गर्नबाहेक केही नरहेको उनी बताउँछन्। अहिले विश्वकै चर्चित ट्रेकिङ सिंहलिला ट्रेकिङ रूटमा ट्रेकिङ गराएरै गाउँका अस्सी प्रतिशत जनसंख्याले जीवन धान्न सकिरहेको उनले बताए।
अर्कोतिर उत्तरे गाउँकै वरिष्ठ नागरिक तथा पर्यटन हितधारक तेञ्जिङ लोडेले अहिलेसम्म क्षेत्रको छोटो दुरीको ट्रेकिङमा फोक्टे, मैनवास फल्स बर्से जाने चर्चित गन्तव्य बनेको छ। तर अब पर्यटनको विकल्पलाई रोजेर जीविकोपार्जन गर्नुपर्ने उनले मन्तव्य व्यक्त गरेका छन्। उनले भने उत्तरेले अहिले पर्यटकीय सम्भावना विस्तार गर्न थालेको थियो। अब वैकल्पिक माध्यम पनि सोच्नु पर्ने स्थिति छ।
यसैगरि पूर्व सिक्किमको भारत-चीन सीमाको नजिकको जलुक गाउँ पछिल्लो केहीवर्ष यता घरेलु पर्यटकहरूको निम्ति सबैभन्दा रोजाईको गन्तव्य बन्दै आएको छ। अहिले लगभग 35 घरले यहाँ होम स्टे सञ्चालन गरिरहेका छन्। जसको कारण राज्य सरकारलाई पनि वर्षमा 12 लाख रूपियाँ जत्तिको राजस्व प्रदान गर्न सक्षम भएको छ भने गाउँलेहरूले सरकारी रोजगार र अन्य काम धन्धाको पछि लाग्नु भन्दा गृहवास पर्यटनलाई सहर्ष स्वीकार गर्दै यसैमार्फत नयाँ पुस्तालाई जीविकोपार्जनको माध्यम बनाउने निधो गरेर पर्यटनमा होमिएका छन्। केहीवर्ष यता गृहवास पर्यटनलाई सम्हाल्दै आएगा जलुकका स्थानीय युवा छिण्डु भोटियाले भने, यो वर्षको पर्यटन खत्तमै भयो अब कुनै विकल्प छैन हाम्रो निम्ति। उनले सिक्किमकै पर्यटनमा ब्राण्ड बनेको जलुकको पर्यटन हितधारकहरूको निम्ति लकडाउनको कारण यो वर्षको पर्यटन व्यावसाय पूर्ण रूपमा ठप्प हुने निश्चित रहेको अनि यसको असर आउँदो दिनहरूमा पनि हुन्छ की भन्ने आशंका रहेको पनि बताए। उनले पर्यटन छोडेर केही आयश्रोत नरहेको अनि सबै अहिले सबै बेरोजगार बनेको पनि बताए।

उनले भने अहिले यदी कुनै कारण पर्यटन बन्द भएको समय सबै बेरोजगार हुनेछन् पहिले भारी बोक्ने काम गर्थ्यो त्यो पनि अहिले रहेन। पर्यटकीय मौसममा पुरा गाउँ पर्यटकले ढाक्थ्यो। होमस्टे 25 भन्दा धेरै छ अनि प्रत्येक घर नै होमस्टेमा निर्भऱ छन् भने प्रत्येक घरले 4 वटा अथवा दुइवटा कोठा पहुनाको निम्ति राख्ने गरेको छ।
अर्कोतिर राज्यको मुख्यमन्त्री पीएस तामाङले पर्यटनलाई आफ्नै गतिमा ल्याउन अन्तरराज्य पर्यटनलाई बढाउने र स्थिति साम्य भएपछि अक्टोबरको मौसममा होमस्टे पर्यटनलाई अघि बडाउने निर्णय गरेको बताए छन्। उनले आगामी मौसममा एक जिल्लाबाट अर्को जिल्लामा होमस्टे पर्यटनको विकास गर्ने सरकारले योजना बनाएको बताएका छन्। उनले अक्टोबरदेखि उताको मौसममा राज्यभित्रकै पर्यटकहरूलाई जिल्ला जिल्लामा गएर होमस्टे पर्यटनको विकास गराउने बताए।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!