Loading... आजः शनिबार , श्रावण १२, २०८१

कोविड 19 को महामारीसित एकजुट भएर सकरात्मक मानसिकताले लड्नुपर्छः पवन चामलिङ


गान्तोक, 7 जुन। सिक्किमका पूर्व मुख्यमन्त्री तथा विपक्षी दल एसडीएफका अध्यक्ष पवन चामलिङले राज्यमा बढ्दो कोविड 19 को महामारीको संक्रमणसित सकरात्मक मानसिकताले एकजुट भएर लड्नुपर्ने मन्तव्य व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जालमा आफ्नो आधिकारीक फेसबुक पेजबाट उक्त सन्देश जारी गर्दै भनेका छन्, अहिलेसम्म लागिरहेको डर अहिले वास्तविकतामा परिणत भएको छ। हाम्रो राज्यमा कोरोना भाइरस प्रवेश गरेको छ। मेरो आन्तरिक हृदयबाट ती बिरामीका असाहय परिवारको पक्षमा छु अनि मलाई बिश्वास छ सबै सात जना विरामीले कोरोनालाई जित्ने छन्।
उनले यस्तो अवस्थामा सिक्किमेहरू शान्त भएर एकतामा बस्नुपर्छ भन्ने आह्वान गर्दै राज्य सरकारले जनताको विश्वास जित्नुपर्छ अनि राज्यको प्रशासनले क्वारिन्टिन केन्द्रहरूको बारेमा एकपल्ट विश्लेषण गरेर त्यसलाई लागु गर्ने मानदण्डबारे सोच्नुपर्ने सुझउ दिएका छन्।
उनले अझ भनेका छन् यदी केही कमीहरू भेटिएमा अधिकारीहरूले त्यसलाई स्वीकार गर्नुपर्छ अनि चाँडो भन्दा चाँडो संसोधन गर्नुपर्छ। यसका साथै सरकारले घरि घरि विभिन्न सूचना निकालेर जनतालाई भ्रमित गर्नु हुँदैन। यो समय हाम्रो लागि होलाई हो भन्नुपर्ने अनि होइनलाई होइन भन्नुपर्ने हो, अध्यक्ष चामलिङले भनेका छन्।
उनले भनेका छन्, म मेरा प्रिय सिक्किमी जनतलाई दिशा निर्देशनहरूको सही रूपमा पानल गर्ने मनबाटै आग्रह गर्दछु अनि तपाईहरूको परिवारको कुनै सदस्यले पनि यदी दिशा निर्देशन सही रूपमा पालन गरेको छैन भने उनलाई त्यसो नगर्नु भन्नुहोला।
एउटा सानो गल्तीले गर्दा सोचेको भन्दा अनि कल्पना गरेको भन्दा सम्भवन धेरै खति गर्नसक्छ। हामी सबैजना अहिले युद्ध क्षेत्रमा छौ अनि व्यक्तिगत कार्यवाहीले नै अन्तिम परिणाममा फरक पार्नसक्छ। यसले गर्दा यो युद्धमा हामीले कि त सामुहिक रूपमा जित्नेछौं या त सामुहिक रूपमा हार्नेछौं, उनले भनेका छन्।

पूर्व मुख्यमन्त्री चामलिङले भनेका छन्, मलाई विश्वास छ सिक्किमेसित यो महामारीलाई हटाउन हाम्रो संयुक्त प्रयास रहेको छ अनि यो अँध्यारो अवस्थाबाट हामीले चाँडै निजात पाउने छौं। उनले राज्य सरकार लगायत सबै स्वास्थ्य कार्यकर्ता, पुलिस अनि अन्य कोविड 19का योद्धाहरू, गैर सरकारी संगठन, स्वयंसेवक अनि सिक्किमे जनतालाई शुभकामना दिँदै भनेका छन् हामी एकसाथ मिलेर कोरोनाविरूद्ध लड्यौं भने सम्भाव छ।
उल्लेखनीय छ हिज एकैदिन सिक्किममा चारवटा कोविड 19 को मामिला पुष्टि भएपछि राज्यभऱि भयको माहोल उत्पन्न भएको छ। अहिले सिक्किममा सक्रिय 7 वटा कोविड 19 संक्रमित रहेको छ।

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!